२०८३ वैशाख ८, मंगलबार
४:२७:०७ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस भेलामा नवराज सिलवाल र जयबहादुर चन्दको खोजी

प्रकाशित मिति: २०७५ असार ७, बिहीबार

1718
Shares

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा नेपाल प्रहरीका पूर्वडीआईजीहरुको खोजी भएको छ ।

प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सभापति शेरबहादुर देउवा र तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिले फरक फरक व्यक्तिलाई बोक्दा त्यसको मूल्य कांग्रेसले चुकाउनुपरेको भन्दै सभापतिहरुले आलोचना गरे ।

देउवा र निधिकै सामुन्ने धादिङका सभापति रमेश धमलाले नवराज सिलवाल र जयवहादुर चन्द अहिले कहाँ छन् रु भन्दै कटाक्ष गरेका हुन् । मेनपावर व्यवसायीलाई राजदूत बनाउने, प्रधानन्यायाधीशलाई इगोका भरमा महाअभियोग लगाउने र आईजीपी नियुक्तिमा फरक फरक व्यक्ति बोकेर पार्टीलाई क्षति पुर्‍याउने काम भएको सभापतिहरुले बताए ।

‘तपाईहरुलाई पैसा भए हुने, अहिले नवराज सिलवाल कहाँ छन् रु जयबहादुर चन्द अहिले तपाईसँग छन् रु’ धमलाले भने ‘ हिजो तपाईहरुले बोकेका व्यक्ति तपाईसँग छैनन् ।’

उनले अघि भने, ‘महाअभियोग प्रकरणमा गृहमन्त्रीबाट राजीनामा दिएको मान्छे अँध्यारो कोठाभित्र बसेर कतिमा मिलेर फिर्ता गर्नुभयो रु’
आईजीपी नियुक्तिका बेला निधिले नवराज सिलवालको पक्ष लिएका थिए भने देउवाले चन्दलाई नियुक्त गर्न दबाव दिएका थिए । त्यही क्रममा कांग्रेसले तत्कालीन माओवादी केन्द्रसँग मिलेर तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरेको थियो । कार्कीको अवकाशसँगै सिलवालले मुद्दा हारे ।

उनी अहिले एमालेबाट सांसद भइसकेका छन् । चन्दले प्रहरीको एआईजीपीबाट अवकाश पाएका छन् ।

जिल्ला सभापतिहरुको भेलामा बोल्ने क्रम जारी छ । सबैले बोल्ने क्रम रहेकाले भेला समापन अबेरसम्म हुन पनि गाह्रो रहेको आयोजक मकवानपुर जिल्ला सभापति इन्द्रवहादुर बानियाँले बताए । आज ढिला भए भोलि समापन हुने जानकारी उनले दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81