- ADVERTISEMENT -

चुम्लिङटारमा माइक्राेबस र ट्रक ठोकिदा ४ जनाको मृत्यु

June 15, 2018
1697
Shares
- ADVERTISEMENT -

काठमाडौः चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकापसपमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान चुम्लिङटार  सडकखण्डमा पोखराबाट काठमाण्डौँ आउँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबस र काठमाण्डौंबाट मुग्लिङ जाँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना हुँदा ट्रक सडकबाट करिब ५०० मिटर तल त्रिशुली नदी किनारमा खसेको छ। माइक्रो घटनास्थलमा नै रहेको छ।

दुर्घटनामा माइक्रोमा सवार ३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको हो। थप एक जनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा परी ८ जना यात्रु घाइते भएका छन्। घाइतेको उपचारका लागि भरतपुर लगिएको छ। मृतक र घाइतेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -