जेठ २३, काठमाडौं । फिल्म ‘कोहलपुर एक्सप्रेस’ को  विशेष प्रदर्शन आइतवार जापानमा अभिनेत्री द्वय केकी अधिकारी र प्रियंका कार्कीका साथमा भव्य रुपमा गरिएको छ ।  ओम शान्ती ओम इन्टरटेन्मेन्ट र डेस्टिनी क्रियशनको संयुक्त आयोजनामा भएको यस फिल्मको विशेष शोमा ३ सय बढी दर्शकको भव्य उपस्थितिको बीचमा गरिएको थियो । अधिकांशले फिल्मको तारिफ गरेका छन् । केकी अधिकारी फिल्मकी फिल्म ‘कोहलपुर एक्सप्रेस’ को निर्मात्री समेत हुन् ।

 

 

फिल्मको विशेष शोमा नायिका प्रियंका कार्की रातो गाउनमा निकै खुलेकी थिइन् । प्रियंकाको पहिरनकोे अगाडि केकीको गाउन कमजोर देखिन्थ्यो । तर, उनको पहिरन पनि कम थिएन । ‘कोहलपुर एक्सप्रेस’ को विशेष शोमा उपस्थित जो कोहिँको आँखा दुई अभिनेत्रीको पहिरनमा अडिएको थियो । गामबेशी चेपाङ बालबालिकाको सहयोगार्थ जापानको टोकियोमा रहेको नाकानो जिरो हलमा फिल्मको प्रदर्शन गरिएको थियो ।

विशाल भण्डारको लेखन र निर्देशन रहेको यस फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्