२०८३ वैशाख ८, मंगलबार
४:५७:१९ दिउँसो
- ADVERTISEMENT -

गगनले अर्थमन्त्रीलाई भने- ‘एक वर्षपछि भेटौंला। एक वर्षपछि तपाईं पास हो कि फेल हो?

प्रकाशित मिति: २०७५ जेठ २०, आइतबार

1769
Shares

नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री युवराज खतिवडा बजेटमा ‘जस्ट’ पास भएको बताएका छन्।

संसदमा बजेटमाथिको छलफलको क्रममा बिम्ब प्रयोग गर्दै थापाले ‘बोर्ड फर्स्ट’को अपेक्षा भैरहेका बेला ‘जस्ट पास’ले नैराश्यता बढाएको बताए।

‘बच्चा अनुतिर्ण हुन्छ भन्ने लागेकोलाई बच्चा पास भयो भने खुसी लाग्छ’, थापाले भने, ‘तर मेरो बच्चा ‘बोर्ड फर्स्ट’ हुन्छ भन्ने लागिरहेको बेला पास मात्र भयो भने खुसी लाग्दैन। हामीलाई यो बच्चाले ‘बोर्ड फर्स्ट’ नै ल्याउँछ भन्ने लागिरहेको अवस्थामा ‘जस्ट पास’ मात्र भएको अवस्थाले मेरो र थुप्रै साथीहरूमा नैराश्यता छाएको छ।’

उनले गैर कम्युनिष्ट अर्थशास्त्रीहरूले बजेटमा दुई कारणले बजेटमा सन्तोष व्यक्त गरिरहेको बताए।

‘घोषणापत्र हावादारी थियो। नीति तथा कार्यक्रम ‘उडन्ते’ थियो। त्यसैले यो बजेट पनि कतै बजेट ‘उडन्ते’ कार्यक्रमको पोकाको रूपमा आउने त होइन? भनेर डर र आशंका पालेर बस्नु भएको थियो’, अर्थशास्त्रीहरूको धारणा अध्ययनबारे थापाले संसदमा भने, ‘घोषणापत्र भन्दा फरक, नीति तथा कार्यक्रमभन्दा सम्हालिएको अवस्थाले सुधारको संकेत मान्ने अववस्थामा पुर्‍याएको रहेछ।’

उनले बजेट धरातलीय यथार्थ सचेत भएर निर्माण गरिएकाले पनि बजेटबारे अर्थशास्त्रीहरू खुसी भएको आफूले पाएको संसदमा सुनाए।

‘नेपाली कांग्रेसले थैली कस्छ भनेर हिजो आरोपित गरे पनि अहिले थैली हेरेर बजेट विनियोजन गरिएको छ। क्षेत्रगत बजेट विनियोजन गर्दा दिगो विकासको लक्ष्य पृष्ठभूमिमा राखिएकाले सन्तुलित छ। बजेटमा सावधानीपूर्वक कार्यक्रमहरू छ भनेर अर्थशास्त्रीले हेरेका रहेछन्’, थापाले भने।

तर बजेटमा आफूले भने चार ‘स’ नदेखेको उनले बताए। पहिलो, बजेटमा स्पष्टताको अभाव रहेको थापाको भनाइ थियो। ‘संविधान कार्यान्वयन संघीयता कार्यान्वयनसँग जोडिएको छ’, थापाले भने, ‘बजेटसँग अपेक्षा थियो, मार्ग दर्शनको, विस्तृत दृष्टिकोणको। यो बजेट सम्पूर्ण रूपमा चुकेको छ। यो बजेटले संघीय वित्तीय व्यवस्थापनलाई सम्पूर्ण रूपमा आत्मसात नै गर्न सकेको छैन।’

‘संघको काम हिजोको जस्तो गाविस र नगरलाई अनुदान बाँड्ने होइन। यसले वित्तीय स्वायत्ततालाई जोड दिनुपर्छ भन्नेमा संघको बजेट तयार गर्नेहरू पूर्ण रूपमा चुक्नु भएको छ’, थापाले भने।

दोश्रो, समृद्धिको विषयमा समेत स्पष्टता नरहेको उनले बताए। २०१५ सालको विपीको बजेटले आधुनिकीकरण गर्ने मार्ग दर्शन गरेको र २०४८ सालको बजेटले अर्थतन्त्रको विस्तार गरेको थापाले उल्लेख गरे। साथै २०४८ को बजेटले तत्कालीक समस्याहरूलाई सम्बोधन गरेको उल्लेख गरे।

‘यो बजेट मार्ग दर्शन सन्दर्भमा चुकेको छ। तत्कालीक अवस्थामा पनि चुकेको छ’, थापाले भने, ‘अर्थमन्त्रीले सबैभन्दा जोड दिनु भएको विषय पूर्वाधार छ। पूर्वाधारमा जति स्रोत र साधान छरिएको छ जसरी बाँडिएको छ। त्यसले परिणाममा कुनै पूर्वाधार दिन सक्दैन।’

उनले पूर्वाधारको हिसाबले बजेट कमजोर रहेको बताए। उनले लगानीको वातावरणका सन्दर्भमा समेत अस्पष्टता रहेको बताए। थापाले अर्थमन्त्री साहस गर्नबाट चुकेको आरोप लगाए।

‘अर्थमन्त्री साहस गर्न सक्नु भएन। निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको नाम फेरेर आएको छ। संसदीय व्यवस्था र संघीयताको मर्म विपरीत छ’, थापाले भने, ‘सांसदसँग साहस गर्न सक्नु भएन। मन्त्रालयले दिएको कुनै पनि कार्यक्रम काट्न सक्नु भएको छैन। थोरै बजेट दिनु भएको होला। ऋण लिएर परियोजना गर्छु भन्न सक्नु भएको छैन।’

उनले बजेटमा श्रृजनात्मकता नरहेको बताए। बढी कमाउनेसँग धेरै कर लिन्छु भन्नु कुनै श्रृजनात्मकता नभएको थापाको भनाइ थियो। उनले करको दायरा नबढाइएको र करको दायरा बढाउन विभिन्न मुलुकमा जस्तो छिटो छरितो काम गर्ने परिपाटी नगरिएको बताए।

‘धेरै कमाउनेसँग कर लगाएर ढुकुटी भर्छु भन्नका लागि हामीले धेरै पढेको अर्थमन्त्री चाहिँदैन’, थापाले भने, ‘यसका निम्ति कुनै श्रृजनात्मकता चाहिँदैन।’ ‘सार्वजनिक खरिद ऐन संशोधन र अन्तर मन्त्रालय समन्वय यो नयाँ कुरा होइन’, थापाले भने, ‘वर्षौदेखि हामीले सुन्दै आएको कुरा हो।’

उनले बजेट संगतिपूर्ण बनाउने कुरामा पनि अर्थमन्त्री चुकेको टिप्पणी गरे। ‘खाडीबाट युवकले कमाएर ल्याएको पैसाबाट ६५ वर्षलाई बाँड्छु। ५ हजार बाँड्छु भन्ने प्रतिष्पर्धामा मलाई भाग लिनु छैन’, थापाले भने, ‘यो बेलामा इतिहासमा दिएको अनुकूल समय छ। उत्कृष्ट पार्टी सरकारमा हुनुहुन्छ। उत्कृष्ट व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ।नेपालको कम्युनिष्टहरूसँग भएकामध्ये उत्कृष्ट व्यक्ति अर्थमन्त्री हुनुहुन्छ। तपाईंलाई हाम्रो पूर्णरूपमा सहयोग रहन्छ। राम राम भन्न सक्छौं। काँध थाप्न सक्दैनौं।’

उनले एक वर्षपछि अर्थमन्त्रीको रिपोर्ट कार्ड संसदमा पेश गर्ने समेत बताए।

‘एक वर्षपछि भेटौंला। एक वर्षपछि तपाईं पास हो कि फेल हो? भन्ने कुरा तपाईं आफूले भन्ने होइन। यो पटक परीक्षा जनताले लिने हो। रिपोर्ट कार्ड हामीले पेश गर्ने हो। रिपोर्ट कार्डको प्रतिक्षा गर्नुहोला।’ सेतोपाटीबाट साभार ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81