नयाँ दिल्ली– ११ औं इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि चेन्नइ सुपर किंग्सले जितेको छ। मुम्बईमा भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नइले उपाधि जितेको हो। चेन्नईको जितमा सेन वाट्सनले विस्फोटक ब्याटिङ गर्दै नटआउट सतकीय पारी खेले। उनले मात्र ५७ बलमा ११ चौका र ८ छक्कासहित ११७ रन बनाए।

पहिले ब्याटिङ गर्दै हैदराबादले दिएको १७८ रनको लक्ष्य महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले ९ बल बाँकी छँदै २ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि सुरेश रैनाले ३२ तथा रायडुले १७ रन बनाएका थिए। वाट्सन र रैनाबीच दोस्रो विकेटका लागि एक सय १७ रनको साझेदारी भएको थियो।वाट्सनले ५७ बलमा ८ छक्का र ११ चौका प्रहार गरे।

टस हारेपछि पहिले ब्याटिङ गर्ने जिम्मा पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । केन विलियमसनले ४७, युसुफ पठानले ४५ र शिखर धवनले २६ रन बनाए।

चेन्नईले सन् २०११ यता पहिलो पटक उपाधि जितेको हो। यसबीचमा तीन पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको थिएन। पछिल्ला दुई वर्ष चेन्नई आईपिएलमा सहभागी हुन पाएको थिएन।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्