२०८३ वैशाख ८, मंगलबार
४:४३:४४ दिउँसो
- ADVERTISEMENT -

शनिवार च्याम्पियन्स लिग फाइनल :सालह भर्सेस रोनाल्डो

प्रकाशित मिति: २०७५ जेठ ११, शुक्रबार

1672
Shares

एजेन्सी । क्लब फुटबलमा यो सिजनको सबै भन्दा महत्वपूर्ण तथा विश्वभरका फुटबल फ्यानको प्रतिक्षा रहेको फाइनल खेल शनिबार रियल मिड्रड र लिभरपुलबिच युक्रेनको राजधानी किएभमा हुँदैछ । यो सिजन प्रतिष्ठित उपाधिका लागि स्पेनिस ला लिगा क्लब रियल मिड्रड जो साबिक विजेता पनि हो र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबिच प्रतिस्पर्धा हुँदैछ ।

फुटबलका दुई सुपरपावर रियल मड्रिड र लिभरपुल युरोपको इलाट प्रतिस्पर्धामा आफूलाई प्रमाणित गर्ने ध्यानमा छन् । यी दुई क्लबबिच पछिल्लो पटक सन् २०१४ को नोभेम्बर ४ मा च्याम्पियन्स लिग समूह चरणको खेलमा भेट भएको थियो । बर्नाबेउमा भएको खेलमा २७ औँ मिनेटमा करिम बेन्जिमाले गरेको गोलबाट रियल विजयी भएको थियो । रियल मड्रिड अहिले युइएफए क्लब बरियतामा शीर्ष स्थानमा छ भने लिभरपुल २२ औँ स्थानमा रहेको छ । यी दुई क्लबबिच यसअघि पाँच पटक भेट भएको छ । त्यसको नतिजा हेर्दा लिभरपुलको पक्ष बलियो छ । तीन खेलमा लिभरपुल तथा दुई खेलमा रियल मड्रिड विजयी भएको छ । यसमा लिभरपुलले ६ तथा रियल मड्रिडले चार गोल गरेको छ ।

गत बर्षको च्याम्पियन्स लिग विजेता रियल मड्रिडका लागि यो प्रतिस्पर्धा उपाधि बिहीन नबन्ने र आफूलाई युरोपको बादशाह बनाइरहने मौका हो । यस्तै सन् २००७ पछि पहिलो पटक फाइनलमा पुगेको लिभरपुलका लागि उपाधिमा फर्किने अवसर हुनेछ ।

युक्रेनको राजधानी किएभमा हुने फाइनललाई लिभरपुल भर्सेस रियल मड्रिड जस्तै सालह भर्सेस रोनाल्डोको रुपमा पनि लिइएको छ । यो सिजन निकै उच्च फर्ममा रहेका साहलले रोनाल्डोलाई माथ दिने कतिको विश्लेषण छ भने घरेलु लिगमा जे भए पनि च्याम्पियन्स लिगमा उच्च स्तरमा रहेका रोनाल्डोले फेरि एक पटक आफूलाई युरोपको बलियो खेलाडीका रुपमा प्रस्तुत गर्ने पनि देखिन्छ । रोनाल्डोल यो सिजन अहिलेसम्म च्याम्पियन्स लिगमा १५ गोल गरिसकेका छन् । सालहले भने १० गोल गरेका छन् । तर घरेलु लिगमा भने सालहले ३२ गोल गरेका छन् भने १० गोलका लागि सहयोग गरेका छन् । रोनाल्डोले ला लिगामा २६ गोल गरेका छन् भने पाँच गोलका लागि सहयोग गरेका छन् ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81