- ADVERTISEMENT -

आइपिएल : राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता सेमीफाइनलमा प्रवेश

May 24, 2018
1746
Shares
- ADVERTISEMENT -

मुम्बई–  कोलकातामा बुधबार बेलुका भएको खेलमा एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाइट राइडर्स एघारौ सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि कोलकाताले शुक्रबार सनराइजर्स हैदरावादको सामना गर्नेछ। हैदरावादलार्इ हराउँदै चेन्नर्इ सुपर किंग्स यसअघि नै फाइनलमा प्रवेश गरिसकेकाे छ।

बुधबार साँझ घरेलु मैदान इडेन गार्डेनमा १७० रनको विजय लक्ष्य प्रस्तुत गरेको कोलकाताले राजस्थानलाई १४४ रनमा रोक्यो। निर्धारित २० ओभरमा ४ विकेट गुमाएको राजस्थानका लागि सन्जु सामसनले ५० रन बनाएपनि हार टार्न सकेनन्। उनले ४ चौका र २ छक्का प्रहार गरे। हारसँगै राजस्थानकाे यस सिजनकाे अाइपीएलकाे यात्रामा पूर्णविराम लागेकाे छ।

- ADVERTISEMENT -

Advertisement

राजस्थानका कप्तान अजिक्य रहाणेले ४ चौका र १ छक्कासहित ४६ रन जोडे। राहुल त्रिपाठीले १ चौका र २ छक्कासहित २०, हेनरिक क्लासनले १८ रन जोडे।

बलिङतर्फ पियुष चावलाले २ र प्रसिद कृष्ण तथा कुलदीप यादवले १–१ विकेट लिए।

यसअघि घरेलु मैदानमा टस हारेर व्याटिङ्गको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन बनायो।
कोलकाताका लागि कप्तान दिनेश कार्तिकले सर्वाधिक ५२ रन बनाए। ३८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।

आन्द्रे रुसेलले ४९ रन जोडे। उनले ३ चौका र ५ छक्का प्रहार गरे। शुभम गिलले ३ चौका र १ छक्कासहित २८, क्रिश लेनले २ चौकासहित १८ रन जोडे।

बलिङतर्फ कृष्णप्पा गोथम, जोर्फा आर्चर र बेन लुगलिनले २–२ विकेट लिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -