३१ वैशाख, काठमाडौं । काठमाडौं लगायत नेपालका धेरै जसो भागमा वर्षा र बदलीको अवस्था मंगलबारसम्म जारी रहने मौसमविदले बताएका छन् ।
पश्चिमी भूभागबाट प्रवेश गरेको मौसमी प्रणालीका कारण देशका सबैजसो क्षेत्रमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आज दिनभर पनि पानी पर्ने मौसमविद जानकारी दिए । दिउसो केहि घण्टा मौसममा सामान्य सुधार भएपनि भोलीसम्म पानी पर्ने सम्भावना धेरै रहेको देखिन्छ ।
पश्चिमी वायुको प्रभावले हाल नेपालको आकाशमा न्यूनचापीय रेखा विकास भएको र त्यसैको कारण पानी परिरहेको मौसमविदहरु बताउँछन् ।
सोमबार बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंमा १३ दशमलव ३ मिलिमिटर वर्षा भएको छ भने काठमाडौं उपत्यकामा विगत २४ घण्टामा ५५ मिलिमिटर वर्षा भएको मौसमविदले जनाएका छन ।