काठमाडौं :रिपोर्टर्स क्लबमा आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले सनातनी हिन्दू विदाहरु कटौती गरेको भन्दै सरकारलाई विदा कायम राख्न सुझाव दिएको छ। महासंघका संस्थापक अध्यक्ष डा.केदारनाथ दाहालले पाँच हजार वर्ष पहिलेदेखि चल्दै आएको सनातन हिन्दु धर्ममाथि प्रहार भएको भन्दै ।उनले भने, ‘कुनैपनि देश धर्मसापेक्ष हुन सक्दैन, हाम्रो देशलाई धर्मनिरपेक्ष घोषणा गरेर ८४ प्रतिशत हिन्दुहरुको मर्म र भावनामाथि खेलवाड गरिएको छ, यो हामीलाई स्वीकार्य छैन्, जबसम्म सरकारले कटौती गरेका विदाहरु यथास्थितिमा कायम गर्दैन, र सनातन हिन्दूराज्य कायम गर्दैन तसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’तीन नम्बर प्रदेशकी उप–सभामुख राधिका तामाङले गाई काटेर खान पाउनुपर्ने कुरा बोल्नु  राष्ट्रिय जनावरमाथि अपमानपूर्ण र अस्वीकार्य अभिव्यक्ति भन्दै तत्काल वचन फिर्ता लिएर नेपाली दाजुभाईबीचको सम्बन्ध सुमधुर बनाउनमा साथ दिन आग्रह गरे। अध्यक्ष दाहालले भने, ‘सरकारलाई वर्षमा १२ दिन बिदा काटेर केही प्रगति गर्नेवाला छैन्, परम्परासँग जोडिएका विदा काटेर सरकारले के गर्न खोज्दैछ? मुलुकको पहिचान भनेकै धर्म–संस्कृति हो, प्रजातन्त्र दिवस्, लोकतन्त्र दिवस, पृथ्वी जयन्ती लगायतका विदाहरु कटौती गर्नुलाई सामान्य रुपमा लिन सकिदैन।                                                                   सरकारले हिन्दु, जैन, सिश, बौद्ध धर्मका विदा काटेपनि क्रिश्चियनका बिदा नकाट्नुले फरक सन्देश दिएको बताउँदै उनले भने, ‘जनताको चाहना बिनै रातारात हामी धर्मनिरपेक्ष राष्ट्रका नागरिक कसरी भयौं? यो अच्चम्मको कुरा छ।’ त्यस्तै वरिष्ठ उपाध्यक्ष विजय निषादले सरकारी विदा कटौतीका बारेमा सरकारले अयोग्यता प्रकट गरेको टिप्पणी गरेका छन्। उनले भने, ‘नेपालको अर्थतन्त्र र विकासको नाममा विदा कटौती गरेको छ, यसरी हेर्दा चीन, हङकङमा सरकारी विदाका दिनहरु बढेका छन्, त्यहाँको आर्थिक वृद्धिदर बढेको छ, चीनमा २३ प्रतिशत बढेको छ, यो २००३ को कुरा हो, त्यस्तै हङकङमा ०.५ प्रतिशत आर्थिक वृद्धि भएको छ, हाम्रो  सरकारले काम नगर्ने विदा कटौती गरेर प्रचारवाजी गर्ने काम गरेको छ बरु सरकारी विदालाई वैज्ञानिक बनाउनु आजको आवश्यकता हो ८४ % जनताको विरुद्ध सरकारले गरेको निर्णयको परिणाम राम्रो हुने छैन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्