- ADVERTISEMENT -

प्रदेश नम्बर ३ को राजधानी सारिने !

March 28, 2018
2106
Shares
- ADVERTISEMENT -

हेटौंडाबाट प्रदेश नम्बर ३ को राजधानी सार्न माग गर्दै चारजना सांसदले लिखित प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा सांसदहरु लक्ष्मण लम्साल, चन्द्रबहादुर लामा, रत्न ढकाल र बसुन्धरा हुमागाइँले काभ्रेलाई स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै प्रदेशसभा सचिवालयमा बुधबार लिखित प्रस्ताव दर्ता गराएका हुन् ।
उनीहरु चारैजना काभ्रेबाट निर्वाचित सांसद हुन् । प्रस्तावको प्रस्तावकमा लामा छन् भने समर्थकमा हुँमागाई, ढकाल र लम्साल रहेका छन् ।  काभ्रेमा सारिनुपर्ने र सबैलाई पाईक पर्ने ठाउँमा संरचना वनाई अन्योल हटाउनुपर्न् भन्दै  धारा २८८ को उपधारा २ बामोजिम प्रस्ताव दर्ता गराएको उनीहरुको भनाई छ ।
मंगलवार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले राजधानीको विषयमा कुरा उठाएका छन् । जहाँ निर्माण गरेपनि राजधानीको विषयलाई छिटो टुंगो लगाउनुपर्ने सांसदहरुको भनाई छ । राजधानीको बिषयले निचोड नपाउँदा काम गर्न अप्ठ्यारो भएको सांसदहरुले बताए

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -