आइतबार प्रतिनिधि सभा सदस्यको सपथ लिन आएकी एमाले सांसद नविना लामाले तामाङ पोशाक लगाएकी थिइन्। माओवादी सांसद तथा पूर्वसभामुख ओनसरी घर्ती मगर ‘ड्रेस’मा सपथ लिन आएकी थिइन्। संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ नेवारी पहिरनमा सजिएका थिए। उनीहरूसँगै मौलिक पहिरनमा आएका केही अरू सांसद पनि एक ठाउँमा उभिएर फोटो खिचाए।
त्यो फोटो नेपाली समाजको इन्द्रेणीजस्तो देखिन्थ्यो, साह्रै सुन्दर।
संविधान निर्माणपछि पाँच वर्षका लागि बनेको संसद पतिनिधित्वका हिसाबले मात्र सुन्दर छैन् नेताहरू विगतका तिक्तता बिर्सेर सौहार्दपूर्ण सम्बन्ध जोड्दैछन्।
हिजो आरोप/प्रत्यारोप गर्ने विषयमा आज उनीहरू हाँसीमजाक गर्न सक्ने भएका छन्।
सपथ ग्रहणपछि चियापानमा एमाले नेता प्रदीप ज्ञवालीलाई देखेपछि कांग्रेस नेता मिनेन्द्र रिजाल मुस्कुराउँदै आइपुगे। ज्ञवाली राजपा नेता लक्ष्मणलाल कर्णसँग गफिइरहेका थिए। रिजालले ज्ञवालीसँग हात मिलाए। अनि कर्णसित हिन्दीमा हालचाल सोधे -मालिक क्या हाल है?’
ज्ञवाली र रिजाल दुबैले जिस्क्याए पनि कर्ण हाँसिरहे।
संविधान निर्माणमा असन्तुष्ट राजपाका नेता कर्णले रूपान्तरित संसदमा मधेसी जनतामाथि विभेद भएको र पहाडी नेताले मालिकको व्यवहार भएको भन्दै कांग्रेस, एमाले र माओवादीमाथि व्यंग गरिरहन्थे। सोही व्यंगलाई ज्ञवाली र रिजालले जिस्काउने मेलो बनाए। तीन नेताको कुराकानीको टुंगो भने ‘सबका मालिक एक’ को हाँसोमा सकियो।
कतिपय औपचारिक कार्यक्रम र संसदको रोष्ट्रममा एक अर्काको भनाइको तिख्खर आलोचना गर्ने नेताहरूको सम्बन्ध अनौपचारिक भेटघाटमा सौहार्दपूर्ण देखिन्छ।
पछिल्ला १५ वर्षमा आवधिक निर्वाचनले निरन्तरता पाएसँगै नेताहरूको व्यवहारमा पनि विस्तारै परिपक्वता देखिन थालेको छ।
मंगलबारबाट सुरू भएको संघीय संसदको बैठकमा यो सौहार्दता र नेताहरूको परिपक्वता देखिन थालेको छ।
मंगलबार संघीय संसदमा सम्बोधन गर्ने नेताहरूको भाषणमा ‘पोजेटिभ भाइब्स’ झल्किन्थ्यो। आन्दोलनको नारा, आरोप र घोचपेच अनि माग प्रस्तुत हुने रोष्ट्रममा नेताहरूले परिपक्व धारणा राखे।
एमाले नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसमेतले राजनीतिक संस्कार, राज्यप्रणालीमा सुधारको विषयमा कुराकानी गरे, घोचपेच र आरोप/प्रत्यारोप छोडेर।
गम्भीर शैलीमा प्रस्तुत भएका एमाले नेता नेपालले मुलुक डुब्न लागेको उल्लेख गर्दै किनारा लगाउने माझी खोजिरहेको गीत नै सुनाए।
उनले निर्वाचनमा पराजय भोगेको कांग्रेसलाई समेत ढाडस दिन भ्याए।
‘हार्नेले निराश भइहाल्नु पर्दैन। प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो’, नेपालले भने, ‘निराश भइहाल्नु पर्दैन।’
उनले जित्नेले पनि अहंकार देखाउनु उचित नहुने बताए।
नेता नेपालले वाम गठबन्धनले अधिनायकतावादको बाटो नसमात्ने भन्दै निर्वाचनअघि कांग्रेसले गरेको प्रचारको जवाफ दिए।
‘विरोधी पार्टीलाई पाखा लगाउँछन् भन्ने चिन्ता मान्नु पर्दैन’, नेपालले भने, ‘वामपन्थीले संस्थागत विकास गर्छन्।’
उनले कार्यकारी सरकारको काममा अदालत र संसदबाट हस्तक्षेप हुन नहुने बताए।
‘संसदीय समितिले यत्रो जहाज यो कम्पनीको किन भन्ने होइन’, नेपालले भने, ‘अदालतको काम पनि बाटो फराकिलो पार्दा साँघुरो बनाउ भन्ने होइन।’
उनले संविधान निर्माण र कार्यान्वयनअगाडि बढेसँगै बन्दहड्तालको युग अन्त्य भएको दाबी गरे।
नेपालजस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि झगडा र आन्दोलन गर्ने युग सकिएको बताए।
‘राजनीतिक लडाइँ सफलतापूर्वक सम्पन्न भएको छ’, प्रचण्डले भने, ‘लोकतान्त्रिक विधिबाट संविधान बनेको छ। फेरि क्रान्ति र आन्दोलन गर्नुपर्ने ठाउँ छाडेको छैन। संविधान भित्रैबाट गतिशील बनाउँदै लैजाने व्यवस्था गरिएको छ। सामाजिक न्याय र समावेशिताका लागि आन्दोलन गरिरहनु नपर्ने गरी छाडेको छ।’
१० वर्ष जनयुद्ध हाँकेर त्यसपछिको १० वर्षकै शान्तिपूर्ण राजनीतिमा दुई पटक प्रधानमन्त्री भैसकेका प्रचण्डले मुलुकको अर्थतन्त्रको चुनौती सुनाए।
‘सत्तापक्ष र प्रतीपक्ष भनेको विसंगति हुर्काउने होइन भन्ने संकल्प गर्ने पर्ने बेला आएको छ’, प्रचण्डले भने, ‘अर्थतन्त्रको सूचकांक नकरात्मक छन्। भयानक अर्थतन्त्रबाट देश उकास्ने जिम्मेवारी आएको छ। कृषिमा आधारित उद्योगको विकास र जलस्रोतको विकास गर्नु पर्नेछ।’
संसदमा सत्तापक्षको नेता मात्र होइन प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासमेत सामान्य घोचपेचपछि सकरात्मक सुनिए।
‘संविधानको आधारभूत संरचना परिवर्तन कहीँबाट नहोस्’, देउवाले शुभेच्छा प्रकट गर्दै भने, ‘प्रधानमन्त्रीज्यू, शुभकामना छ। आर्थिक विकासमा सहयोग हुन्छ।’
देउवाले स्पष्ट सन्देश समेत दिए- प्रतीपक्षीको भूमिका खेल्छौँ। विरोधका लागि विरोध गर्दैनौँ। देउवाले सम्बोधन गरेर फर्कदाँ प्रधानमन्त्री केपी ओलीले उठेर हात मिलाए। देउवाले संविधान संशोधनको विषयअगाडि बढाउन सुझाए र सहयोग गर्नेसमेत बताए।
संविधान निर्माणका बेला असन्तुष्टि जनाएका संघीय समाजवादी फोरम र राजपा नेपालले पनि मंगलबारको संसद बैठकमा अन्य दलहरूविरुद्ध आक्रोश व्यक्त गरेनन्।
राजपाका नेता राजेन्द्र महतोले मधेसीको भावना समेट्ने प्रयास गर्न प्रधानमन्त्रीलाई आग्रह गरे। उनले दुई तिहाईकै हाराहारीमा बहुमत ल्याएको वाम गठबन्धनका नेतालाई दिल फराकिलो बनाउन आग्रह गरे।
‘त्यस्तो अभिव्यक्ति कसैले नदिउँ कि अरूलाई ठेस पुगोस्’, हिन्दीमा बोलेका महतोले भने, ‘सपथ ग्रहण गर्दा देखियो। विभिन्न भाषाभाषीको देश हो। यति स्वीकार गरे समस्या समाधान हुन्छ।’
महतोले संविधान संशोधनका लागि आग्रह गरे।
‘प्रधानमन्त्रीज्यू, संविधान बाइबल, गीता, पुराण, महाभारत होइन’, महतोले भने, ‘संशोधन गर्नुहोस्। उनले प्रचण्डलाई पनि क्रमभंग गर्ने नेता भन्दै ‘धोखाधडीमा क्रमभंग’ गर्नुहोस्।’
वाम गठबन्धनको सरकारमा सहभागी हुने निर्णय गरेर संसद पुगेका उपेन्द्र यादवले संविधान संशोधनमार्फत् त्रुटी र कमीकमजोरी सच्याउनु पर्ने बताए। यादवले पनि भावनात्मक विषय नै उठाए।
‘यो मेरो संविधान भनेर गौरव गर्ने आधारसम्म पुर्याउनुपर्छ’, यादवले भने, ‘राष्ट्रियता मानिसको मन मुटुमा बस्छ, मन टुट्यो भने सेना, कानुनले जोगाउन सक्दैन।’
यादवले प्रधानमन्त्री परिवर्तन भएसँगै जनतालाई हुने आशंका मेट्ने गरी नीतिहरू बन्नुपर्ने बताए।
‘फलानो पार्टीको होइन देशको नीति हुनुपर्छ’, यादवले भने, ‘हाम्रो राष्ट्रिय सुरक्षा नीति राम्रो छैन, विदेश नीति र आर्थिक नीति सुधार गर्नुपर्छ।’ सेतोपाटी वाट ,
इन्द्रेणी जस्तै देखिने संसदको सुरूआत।
प्रकाशित मिति: २०७४ फागुन २२, मंगलबार
1843
Shares

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

भुटानी शरणार्थी र राजनीतिक बन्दीको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीलाई खुला पत्र

देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै, धार्मिक एवं नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम

प्रहरीद्वारा एक हजारभन्दा बढी अपराधीको ‘प्रोफाइल’ तयार, निगरानीमा तीव्रता

राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल निर्विरोध: ‘प्रभावमा होइन, स्वभावमा काम गर्छु’
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98








