- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भीमसेनथापा गाउँपालिका केन्द्र विवाद समाधान गर्न कार्यदल,

March 4, 2018
2144
Shares
- ADVERTISEMENT -

गोरखा : भीमसेन गाउँपालिकाको केन्द्र विवाद समाधान गर्न प्रदेश सरकारले कार्यदल बनाएको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान संयोजक रहने गरि कार्यदल बनाएको प्रदेश सरकारका प्रवक्ता पर्यटनमन्त्री रामशरण बस्नेतले बताए ।
कार्यदलमा उक्त गाउँपालिका रहेको जिल्ला गोरखा १ प्रदेशसभा ख का प्रतिनिधि बस्नेत र एक सचिव सदस्य छन् । १५ दिन भित्र स्थलगत अध्ययन गरि वार्ता र संवादद्वारा विवाद समाधानको पहल थाल्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।
‘तीन महिनादेखि गाउँपालिकाको कार्यालय बन्द छ । गाउँपालिकाले लिने कक्षा आठको परीक्षाको कुनै तयारी कुनै छैन विकास निर्माणको काम समेत ठप्प छ । पहिले भएका कामको पनि भुक्तानी भएको छैन’ मन्त्री बस्नेतले भने ‘दुई पक्ष बीच संवादहीनताको अवस्था छ । त्यसैले समन्वयको काम गर्ने निर्णय गरेका हौं ।’ उक्त कार्यदलले धार्चे गाउँपालिकाको विषयमा उठेका केही सवाल पनि निदान गर्ने जनाइएको छ ।
गएको कात्तिक १९ गते गाउँ कार्यपालिको बैठकले भीमसेन गाउँपालिकाको केन्द्र बगुवाबाट घ्याम्पेशाल सार्ने निर्णय गरेको थियो । सो निर्णय मन्त्रीपरिषद्ले समर्थन गर्दै राजपत्रमा समेत उल्लेख छ । उक्त निर्णयपछि वडा ५ बगुवाका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति गठन गरी बन्द तथा अनसनको कार्यक्रम जारी छ ।अन्नपूर्ण वाट ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -