२०८३ वैशाख ६, आइतबार
११:१८:१७ राति
- ADVERTISEMENT -

कृष्णप्रसाद भट्टराई ( किसुनजी ) को आठौ स्मृति दिवस ,

प्रकाशित मिति: २०७४ फागुन २०, आइतबार

2186
Shares

फागुन २० गते नेपालको राजनीतिका एक अग्लो धरोहर, नेपालको पहिलो संसद, पहिलो सभामुख तथा बहुदलीय ब्यबस्था पुनर्स्थापनाका पहिलो तथा २९ औं प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराई ( किसुनजी ) को आठौ स्मृति दिवस ।
संसारिकतामा नफसेको, आध्यात्मका गम्भीर उपासक, निर्दाग चरीत्र, हठी स्वभाव र आमोद-प्रमोदमा कुशाग्र किसुनजीमा रत्तिभर कुनै लोभ, ब्यक्तिगत मोह र सुख सयल गरुँ भन्ने भावना थिएन ।
यिनी बि.सं. २००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न थिए । २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा चलेको सशस्त्र क्रान्तिमा जनकपुर- उदयपुर कब्जा गर्ने मुक्तिसेनाको कुशल नेतृत्व सम्हालेका भट्टराईले बि.सं. २०१५ सालमा संसद र प्रतिनिधि-सभाका सभामुखको नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका थिए ।
किसुनजी जीवनभर गान्धीवादी सन्त नेताको रूपमा पहिचान बनाए ।
सधैं-
– दृढ अठोट
– स्पष्टबक्ता
– सैद्धान्तिक निष्ठा र
– हरदम प्रफुल्ल रहने
‘सेन्स अफ ह्युमर’ किसुनजीमा उच्च रहेको थियो । पदमा रहदा कुनै प्रकारको ब्यक्तिगत लाभ तथा विवादमा नमुछिएका कारण यिनीलाई स्वच्छ छवि एबम कुशल नेतृत्वका विराट राजनेताका रूपमा लिनेगरिएको छ ।
२०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदैगरेको तरुण दलको कार्यक्रमबाट तात्कालिक प्रधानमन्त्री बी.पी. कोइरालासंगै भट्टराईलाई पनि राजा महेन्द्रले गिरफ्तार गरेर १० बर्ष जेल हालिदिए । भट्टराईले पटक पटक गरेर १४ बर्ष जेलजीवन विताउनु भयो । २०३४ को पटना सम्मेलनबाट बी.पी. कोइरालाले स्वास्थका कारण देखाएर भट्टराईलाई कार्यवाहक सभापति बनाइदिए ।
कांग्रेसमा झन्डै डेढदशक कार्यवाहक सभापति बनेका भट्टराई बी. पी. कोइरालाको निधनपछि पनि कार्यवाहक सभापतिनै रहे । २०४८ सालमा भएको कांग्रेस महाधिवेशनले भट्टराईलाई सर्बसम्मत सभापतिमा निर्वाचित गर्यो त्यपछि २०५३ सम्म किशुनजी कांग्रेस सभापतिका रूपमा रहे ।
नेपाली कांग्रेसको विशिष्ट राजनीतिक निष्ठाले ओतप्रोत किशुनजी कहिल्यै कोहीकसैसंग टसमस गर्नु परेन । कांग्रेसको “संबैधानिक राजतन्त्र” प्रतिको अटल निष्ठामा रहेका भट्टराई गणतन्त्रको स्थापनापछि भने मौन बसिदिनु भयो । अहिंसात्मक आन्दोलनबाट नै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र संकल्प बोकेका भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राती निधन भएको थियोे ।
जीवनमा थुप्रै राजनीतिक आरोह- अबरोह झेल्नुपरेका किशुनजी प्रजातन्त्र र लोकतन्त्रका दर्बिला सिपाही हुनुहुन्थ्यो ।
बर्तमानमा राजनीतिले जनबिश्वास गुमाउँदै गएको यो अबस्थामा राजनीतिक त्याग, निस्वार्थ, इमानदारीता र निष्ठाका पर्याय किशुनजीसंग धेरै कुरा अनुशरण गर्न सकिन्छ ।
आजका दिनसम्म आइपुग्दा कांग्रेसले यस्तो दुर्दिनहरुबाट गुज्रिनु परेको छ । कांग्रेस जनताको बिश्वासमा अडेको पार्टी, जातीय सद्भाव, समभाव र निरन्तर जनताको समृद्धिको सपना बोकेर हिंडेकाे पार्टी, नेतृत्वको अदुरदर्शिताका कारण यो हालतमा आइपुग्दा निस्वार्थ भावले कांग्रेसको प्रवाहमा लाग्नेहरुको मन कति कुडिँदाे हो !
आजको कांग्रेसले किशुनजीसंग धेरै कुरा सिक्नु पर्छ । जनतामा कांग्रेस बिरोधि भावना कसरी पैदा भयो ? हामी कहाँनेर चुक्यौ भन्ने हेक्का नेतृत्वले लिने कि नलिने ? कतै हामी नेपाली कांग्रेसका नेताहरु बी.पी. कोइराला, सुबर्ण शमशेर, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, सि.के. प्रसाईं, महेन्द्रनारायण निधि, भीमबहादुर तामाङले अबलम्बन गरेको बाटाेबाट अलग त भएनौ ? यो हेक्का नेपाली कांग्रेसका सम्पुर्ण तहका नेतृत्वले आत्मसात गर्नुपर्छ । नेतृत्वमा चरम गुटबन्दी, व्यबिचार, ढाेंगी चरित्र, नातावाद र लम्पसारवादको एेंजेरुनै कांग्रेस पराजयको मुल कारण हो ।
आज हामीसामु भौतिक रूपमा कृष्णप्रसाद भट्टराई त हुनुहुन्न यद्यपि उहाँले छोडेर जानुभएको राजनीतिक संस्कार छ । उहाँले जीवनभर पालन गर्नु भएको निष्ठाको राजनीतिक संस्कार थोरै मात्र अनुसरण गर्नसके पनि उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।by Om Panday

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98