काठमाडौँ : नेपाली काँग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई चूनौति दिनेगरि छायाँ सरकार सञ्चालन गर्ने निर्णय गरेको छ ।
काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गरेको छ । विधान पारित गर्नुपुर्व बैठकले नेता तथा सांसदहरुसँग परामर्श गरेको थियो ।
बैठकमा नेता मीनेन्द्र रिजालले दलको विधानको संशोधन प्रस्ताव पेश गरेका थिए । उक्त मस्यौदा माथिको छलफलमा नेताहरुको धारणा राखेका थिए ।
काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ ।
सांसदहरुले पार्टीलाई सशक्तरुपमा अघि बढाउन सहमतिको आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खण्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकको सुरुमा निर्वा्चित भएर आएका सबै प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रतिनिधि तथा समस्त मतदातालाई सभापति देउवाले बधाई ज्ञापन गरेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिमा खास गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धन तथा संविधानको रक्षाका लागि बहुलवादमा आधारित प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा बोल्ने अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउने क्रममा दुवै सदनमा काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेका थिए ।रिपोर्टस नेपाल बाट
ओलीलाई चूनौति दिन कांग्रेसले छायाँ सरकार चलाउने
प्रकाशित मिति: २०७४ फागुन १२, शनिबार
1712
Shares
- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.49
151.09

European Euro
1
165.88
166.54

UK Pound Sterling
1
198.90
199.69

Swiss Franc
1
179.38
180.09

Australian Dollar
1
101.91
102.32

Canadian Dollar
1
105.46
105.88

Singapore Dollar
1
116.85
117.32

Japanese Yen
10
9.42
9.46

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.10
40.26

Qatari Riyal
1
41.30
41.47

Thai Baht
1
4.44
4.46

UAE Dirham
1
40.97
41.14

Malaysian Ringgit
1
36.82
36.96

South Korean Won
100
11.27
11.31

Swedish Kroner
1
14.94
15.00

Danish Kroner
1
22.19
22.28

Hong Kong Dollar
1
19.18
19.26

Kuwaity Dinar
1
487.65
489.60

Bahrain Dinar
1
399.07
400.66

Omani Rial
1
390.87
392.43









