- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

” अर्कैसँग लागेको श्रीमानलाई श्रीमतीको पत्र”

February 20, 2018
3556
Shares
- ADVERTISEMENT -

अशान्त मन र जलिरहेको मुटुबाट भए पनि तिम्रो नाममा सायद अन्तिम उपहार स्वरुप भावनारुपी कोसेलिहरुको सौगात प्रेषित गरेको छु,,, मन त थिएन तिमिलाई यी सब लेखेर तिम्रो ब्यक्तिगत जीवनलाई आघात पुर्याउनु तर पनि हेरन उठिसकेका यी निर्दोष कलम ब्याकुल छन मन भित्रका बोझिला अनि चोटिला भावनाहरु निर्जीव कागज माथि बिसाउन,, अब बाँकी नै के रह्यो र बस एक थोपा कालो मसी र एक टुक्रा सेतो कागजमा भावनाहरु पोख्नु बाहेक यति सम्मको अधिकार दिन्छौ होला नि हैन जब कि म संग अरु कुनै अधिकार छैन,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
पुर्णिामाको रातहरुमा जुनको सितलतालाई ओढि सपना बुन्न खिज्छु कतै तिमी मेरो अध्यारो जीवनको रोशनी बोकेर आउछौ की भनेर,,,बर्षातको भेल संगै पानी बनेर बग्छु कतै तिमी समुन्द्रको गहिराई भित्र तैरिदै छौ कि भनेर,,,,,ती अध्यारो सुन्य रातका चम्किला ताराहरुलाई हेर्छु कतै तिमी त्यसरि नै मलाई चिहाईरहेकी छौ कि भनेर,,,,बिहानीका ती सेता टलकिएका हिमशिखरहरुमा खोज्छु कतै तिमी मलाई नै जिस्काईरहेकी छौ कि भनेर,,,,तर सब यी मेरा निरर्थक प्रयास मात्र थिए जब कि तिमी टाढा क्षितिज पारी बिलकुलै नौलो संसारमा रमाई रहेका छौ। 3 छोरी मलाई उपहार दिएर तिमी अर्कै तिर लाग्यौ। मैले के गरिन बरु तिम्लाई दुख नहोस भनेर म आँफै बिदेश गयको थिएँ सारा दुख भुली हाम्रो सुखको लागि तर तिमि तिम्रो आफ्नै ब्यक्तिगत संसारमा,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
अझै पनि तिमी प्रती कति समर्पित छु हिजो भन्दा पनि कयौ गुणा,,,, आज तिमी प्रतिको माया,मोहहरु प्रगाढ भएको छ!तर पनि के गर्नु समय म भन्दा धेरै अगाडि गईसकेको छ बस अब त बिगतको मीठो स्मृतिहरुको अँध्यारो भबिष्य सजाउनु सिवाय,,,,,, तिम्रो जिन्दगीले सधै सफलताको शिखर चुमुन म बिफल भए पनि तिमी हिड्ने गोरेटो फुलले सजिउन मेरो गोरेटो काँडाले भरिए पनि,,, जिन्दगीको गोरेटोमा लरखराउदा लरखराउदै कतै ढलेछु भने श्रध्दाञ्जली स्वरुप एक थुङ्गा फुल चढाईदिनु ल,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
शब्दहरु यो मन मष्तिकको अन्तर कन्दराबाट प्रकट भइदिदा यो निर्जीवरुपि कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्ज्वल भविष्यको मीठो सपना बुन्दै लामो जिबनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जीवन बिताउने चेस्टा गरिरहेकि छु,,,,,,,,
शायद श्वास प्रस्वासको प्रक्रियामा धुलो र धुवाँलाई अग्रस्थान दिदै काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाढा बनाएर दिन प्रतिदिन संगमको परिकल्पना बोकेर जिबनको यात्रालाई छोट्याउदैछु। आखिर भगवान को लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रब्युह न हो भनेर भन्नू बाहेक अरु के नै सोच्न सकिन्छ र,?
हृदयमा पीडा भएर पनि देखावटीपनको संसारमा सदा खुसी रहिरहने यो स्वार्थी संसारमा मिठा-मिठा सम्झनाका कोसेलिहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेतो कोरा कागजको मैदानमा निर्जीव तर संसारलाई चमत्कार गर्न सक्ने र बिनास पनि गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपुर्ण जिन्दगीको सुनौलोरुपी यात्रालाई सुखद समुन्नत समृध्दिको लागि सृष्टिकर्ता संग दिनहु कामना गरिरहेको छु,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
बाचा त हामिले जोडी ढुकुरको भएर जिउने खाएका थियौ तर के भनौ आखिर अदृश्य भए पनि जिन्दगीको हरेकपल हरेक कोणबाट माया र ममतामा सजाएको नै थिए जस्तो लागेको थियो। दैबको लिला भनौ या समयको खेल भनौ बिधिको बिडम्बनाले गर्दा यस्तो हुन गयो।तिम्रा ती कोमल मनको सारथि भएर अदृश्य माया दिए कै थिए।आफ्ना मनमा गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा तिमिले फुकाउन किन हिचकिचावट गरेका थियौ। आखिर सम्पुर्ण सजिब प्राणिको मन मष्तिक र हृदयको कुना कन्दरामा बास बसिरहने दु:ख र सुख को सामना गर्नु पर्ने यो नै भगवानको कर्तब्य भएकोले मानिसले चाहेर पनि जिन्दगीमा सबै चिज पाउँदो रहेनछ भन्ने कुरा तिम्रा ती अन्तरयामी शब्दहरुको भावबाट प्रष्ट बनाई दियौ।कल्पनाको संसारमा बालुवाको महल बनाए झै तिम्रो मन मस्तिष्कलाई मेरो हृदयको कुना कन्दरामा सजाएको थिए।आखिर मैले तिमिलाई हृदय देखिनै माया गरेकै थिए। तर पनि तिमिले आफुलाई संसारको सर्वकृष्ट जस्तै ठान्यौ।मेरो पबित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फोस्रो जाल बुन्नु थियो छर्लङ्ग हुनेगरी मेरा सामु भनेको भए पनि अबिर जात्रा गरेर बिदाई दिने थिए।माया र प्रेम भनेको पाउन मात्र गरिदैन गुमाउन पनि हो।बिश्वास दिनेलाई माया भनेको जीवनको अभिन्न अंग हो खेल सम्झिने हो भने मायालु एउटा अस्तिपंजरको हाड र मासुको थुप्रो नै त हो जिन्दगी । अरुको खुशिलाई आफ्नो खुशी हो भनेर आफुमा भएको दु:ख पीडा र बेदनालाई मलम लगाउन उराठ लाग्दो मरुभूमिको एकान्तमा धुलो धुवाँको प्रबाह नगरी अतितका पलहरुलाई सम्झेर बस्दै गहभरी आँसु बगाउदै बर्तमानसंग रमाउन बाध्य भएको थिए।आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भएपनी एकदिन यो स्वार्थी संसार बाट खाली हात यमराजको घरमा जानै पर्ने दिन आउदो रहेछ। तेसैले यो लामो दुइदिनको जिन्दगीको मुल्वान समयलाई सहि ठाउमा सदुपयोग गरि हाँशी खुशी रमाउने बाचा त दिएको थिए।सायद मेरो औकात थिएन सुनचाँदी हिरामोतिले झकी झकाउ बनाउन सक्ने तापनी पबित्र माया दिएर सदा खुशी राख्ने प्रयत्न गरेकै थिए।,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
मेरो यो जिन्दगी यो युगमा यस्तै भयो।तिम्रा ती अब आउने दिनहरुमा कहिले दु:ख र संकट भन्ने कुरा नआओस् सदा सर्बदा खुशी रहि तिम्रो त्यो सुन्दर रुपि मुहार, नसालु आँखा सुवास पुर्ण बोली एक धनाड्य शिक्षित र सम्पन्न ब्यक्तिलाई सुम्पनु र सदा सदाको लागि खुशी रहनु यहि छ मेरो हृदय देखिको शुभ कामना म तिनै छोरिहरुको साथमा रमाउने छु। ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

उहि तिमि बाट एक्लिएकी लेखक:- ओम पाण्डे, गोरखा । हाल:- साउदी अरब।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com