Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१:१०:३४ दिउँसो
- ADVERTISEMENT -

प्रधानमन्त्री आलोपालो गर्ने विषयमा एमाले नेता नेपाल असहमत 

प्रकाशित मिति: २०७४ फागुन ७, सोमबार

1896
Shares

प्रधानमन्त्री आलोपालो गर्ने विषयमा एमाले नेता नेपाल असहमत  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने बताएका छन्।
रौतहटको गौरमा सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले भने, ‘दुवै पार्टी मिलेर अगाडी बढ्ने सहमती भैसकेको छ, पार्टीको नामको पछाडिको पुच्छर हटाएर नेपाल कम्युनिष्ट पार्टी बनाइने छ।’
नेता नेपालले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको भन्ने विषयमा प्रधानमन्त्री पदलाई आलोपालो गर्न नहुने टिप्पणी गरेका छन्।
वरिष्ठ नेता नेपाले पार्टी एकीकरण गर्दा दुवैजना अध्यक्ष बन्ने अवस्था आए दुवैलाई सहअध्यक्ष राख्न सकिने धारणा राखेका छन्। अन्य मुलुकमा पनि यस्ता अभ्यास गरिएको जानकारी दिँदै समय तोकेर नै पार्टी हाक्ने जिम्मेवारी दिन सकिने समेत उनले बताए।
तीनवटै तहको निर्वाचनमा रौतहटमा एमाले पछाडी पर्नुको कारणबारेमा समीक्षा भइरहेको बताउँदै नेता नेपालले पार्टीलाई मजबुत बनाउन एक भएर लाग्नुपर्ने अवस्था आएको समेत बताए।
आइतबार साँझ रौतहट आइपुगेका नेपालले वामगठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित रौतहटका सांसदलाई गौरमा आयोजित कार्यक्रममा सम्मान गरेका थिए।
प्रजातन्त्र दिवको अवसरका सोमबार राजदेवी मिडियाले गौरमा आयोजना गरेको छात्रा साइकल दौड प्रतियोगितामा एमाले नेता नेपालले साइकल वितरण गरेका थिए भने चन्द्रपुर ८ सन्तपुरमा आयोजित राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन समेत गरेका छन्।अन्नपूर्ण वाट ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -