२०८३ वैशाख २, बुधबार
७:३४:०७ बेलुका
- ADVERTISEMENT -

भारतीय पत्रिका लेख्छ, ओली प्रधानमन्त्री भएसँगै ‘बाईबाई दिल्ली, हेलो बेइजिङ’

प्रकाशित मिति: २०७४ फागुन ४, शुक्रबार

1626
Shares

काठमाडौं:  केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएपछि भारतीय पत्रिकाहरूमा धमाधम विश्लेषण आउन थालेका छन् । यसै क्रममा भारतबाट निस्कने अंग्रेजी पत्रिका द न्यु इन्डियन एक्सप्रेसमा रामानन्द सेनगुप्ताको बाईलाईनमा शुक्रवार एउटा विश्लेषण आएको छ ।              विश्लेषणमा भनिएको छ :चीनपरस्त ओली सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका लागि अनि त्यही वर्ष आफूलाई सत्ताबाट बहिर्गमन गराउनका लागि भारत दोषी रहेको बताउँछन् । यतिखेर ओलीको नेकपा एमाले र पुष्पकमल दाहालको नेकपा माओवादी केन्द्रका बीच असहज गठबन्धन छ । प्रचण्ड वामगठबन्धनका सहअध्यक्ष हुन् र उनी तथा ओली पालैपालो साढे दुई साढे दुई वर्षका लागि प्रधानमन्त्री हुने अपेक्षा छ ।

सम्बन्ध सुधार्न तथा नयाँ नेतृत्वप्रति भारतको समर्थनलाई थप सुदृढ गर्नका लागि विदेशमन्त्री सुष्मा स्वराजले फेब्रुअरीको शुरूतिर भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणका क्रममा ओली र कम्युनिस्ट नेतृत्वसँग कुराकानी गरिन् ।

केही विश्लेषकहरूले ओलीले दुई ठूला छिमेकीबीच सन्तुलित सम्बन्ध राख्ने विश्वास राखेका भएपनि अधिकांशले भित्रभित्रै चाहिँ यसो नहुने स्वीकारेका छन् ।

‘ओली भारतविरोधी तथा चीनसमर्थक नारा दिएर सत्तामा पुगेका हुन् भनी हामीले बुझ्नुपर्छ । अनि उनको नारालाई नेपाली मतदाताहरूले ग्रहण गरेका हुन् । उनीहरू सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका बेलामा पाएको
दुःखका लागि भारतलाई दोष दिन्छन् । ओलीले एक्कासि भारतलाई अँगालेमा उनको राजनीतिक आत्महत्या हुनेछ,’ एक भारतीय कूटनीतिज्ञले बताए ।

‘सबै कुरा नियमित रूपमा चल्न सक्छ,’ सम्पादक तथा राजनीतिक विश्लेषक युवराज घिमिरे भन्छन्, ‘तर ओलीले देखिनेगरी चीनसँग निकटता बढाएकोले भारत स्वाभाविक रूपमा चिन्तित छ । भारतीय नाकाबन्दीको प्रतिशोधस्वरूप
ओली चीनसँग नजिकिएका हुन् ।’

अर्का नेपाली पत्रकारले चाहिँ ठाडै भने, ‘काठमाडौंको कुरा गर्दा अब बाईबाई दिल्ली, हेलो बेइजिङ हो । यसलाई स्वीकार्नुस् ।’लोकान्तर बाट साभार गरिएको ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85