नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय संसदले पूर्णता पाएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिने बताएका छन् । कांग्रेस नेता निधिले पार्टीका तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनेको सूची निर्वाचन आयोगमा पठाउने अन्तिम गृहकार्य गरिरहेको भन्दै नेता निधिले आगामी साता कांग्रेस सरकारबाट बाहिरिने बताए। नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको १० औं महाधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै निधिले राजनीतिक अस्थिरताका कारण सरकारी संस्थानहरु धरासायी भएको बताए । उनले जनतामाझ विश्वसनीयता आर्जन गरेका यस्ता सार्वजनिक संस्थान यो अवस्थामा पुग्नुमा मुख्य जिम्मेवारी नेतृत्वको भएको उल्लेख गरे ।