नेपालको लोकतान्त्रिक गणतन्त्र संस्थागत र कार्यन्वयन हुने दिशामा दसकौ देखी थातीरहेको स्थानिय चुनाब र त्यसको लगत्तै प्रतिनिधी सभा सगै प्रदेश सभाको चुनाबमा प्रत्यक्ष सहभागी भई नेपाली कांग्रेस को चुनाबी अभियान सग जोडिने अबसर सदुपयोग गर्दै पार्टी को पक्ष मा जनमत बटुल्ने अभियान मा भएका घर दैलो कार्यक्रम ,कोण सभा ,,क्षेत्रीय सभा र जिल्ला स्तरीय सभा हरु बिभिन्न जिल्ला मध्ये हतनँहु ,चितवन ,लमजुड़ ,गोर्खा ,कास्की मा प्रत्यक्ष जुटने मौका मिल्यो ,यसै क्रममा तनँहु बाट लमजुड् को सभा मा जाँदै गर्दा चुनाबी कार्यक्रम को बेला लक्षित गरि गराईएको बिष्फोटन बाट अछुतो रहन पाईएन ,नेपाली कांग्रेस का बरिष्ट नेता रामचन्द्र पौडेल लाई लक्षित गरि पडाकाईएको उक्त बिष्पोटनमा म आफु लगायत अन्य ब्यक्तित्व सगै सवार रहेका थियौ तर पनि मानविय क्षेति नभएपनि गाडी मा क्षेती पुगेको थियो। तैपनि मानसिक रुपमा बिचलित नभई चुनाब मा आफ्नो नागरिक मतदान को अधिकार खुशी साथ मताधिकार गर्न र गराउन हरेक दिन तेतीकै उर्जा बोकी चुनाबी अभियान मा लागियो ।नेपाली कांग्रेस र नेपाली काग्रेस का उम्मेदार लाई सघाउन र हरेक कार्यकर्ता हरुसग एकाकार भई दैनिक त्यस क्षेत्र का आवाश्कता र सम्भावना सग पनि चिरपरिचित हुने अवसर मिल्यो। एउटै कारण राष्ट्रको परिवर्तित परिवेस ,राष्टिय राजनिती सग सधै मिडीया बाटै भएपनि एकाकार भई राख्नु ,हामी जस्ता युबा हरुले सोचे र देखे अनुरुप को समाज पक्कै निर्माण गर्न सकिन्छ तर केही बर्ष लाग्ला भन्ने आशाका किरण हरु मन मष्तिस्कमा रहीरहनु नै हो ,म जस्ता सोच बोक्ने हामी लाखौ युबा शक्ति प्रत्येक दिन देश र माटो लाई सम्झेर बिदेशी भुमि मा पसिना बगाई कर्म गरिरहेका छन ।नेपालको राजनिती ले अझै पनि समृद्धि सगै सुनिश्चित भविष्यको आभास दिन सकिरहेको छैन बिदेसीएका लाखौ युबा जमात लाई यो पनि नेपाली कांग्रेस ले नियाल्न नसकेको पक्ष हो किन हार्यो ? काँहा चुक्यो नेपाली कांग्रेस !! हार्दा हार्दै गुमाउन नपर्ने क्षेत्र पनि किन गुमाउन पर्यो नेपाली कांग्रेस लाई मेरो अनुभब , जनभावना हरुको बिचार सुन्दा हाम्रो नेतृत्व पंक्ति ले नाकाबन्दी को बेलामा राष्टियता को मनोविज्ञान बुझ्न सकेन वा चाहेन , तत्कालीन राष्टिय राजनिती भएको सहकार्य लाई निरन्तरता नगरी स्वर्गीय शुशिल कोइराला लाई संविधान जारी भईसके पछि प्रधानमन्त्री चुनाब मा अघि सारी चुनाब मा प्रतिस्पर्धी बनाए देखी बाम तालमेल को बिजारोपण भएको मान्न सकिन्छ ।
त्यसपछि का घटनाक्रम हेर्ने हो भने पार्टी सभापति को पार्टी सन्चालन गर्नै तौर तरिका उत्साह जनक नै रहेन ,पार्टी कुनै पनि संमरचना ले पुर्णता पाएन साथै सरकार सन्चालन मा भएका राष्टिय मुद्धा मा गरिएका निर्णय कुनै पनि बिबाद रहित रहेनन ,न्यायलय भित्रको होस ,प्रहरी प्रमुख को नियुक्ति होस ,राजदूत नियुक्ति होस सधै जनमानस लाई पाच्य थिएन ,अरु जति गरेका काम राम्रा गरे पनि जस लिन सक्ने काम प्रचार प्रसार गर्न सकेन ,उम्मेदार घोषणा सम्म आई पुग्दा यिनी हरु मुख्य कारण रहे ।त्यस पछि पनि उम्मेदार चयन मा कुनै निश्चित दायारा तय गर्न सकेनन ,स्थानिय चुनाब देखी नै गलत प्रकिया अपनाईयो ,स्थानिय चुनाब मा त लिग लिग को दौड जस्तो सबै लाई प्रतिस्पर्धी बनाईयो त्यस समयमा भएका टिकट खरिद ,बिक्री ,आसे पासे को संमरक्षण गर्ने सोच ले बाँडियो तेही बाट शुरु भएको मनमुटाव ,प्रतिनिधी सभा र प्रदेस सभा मा खुलमखुला देखियो ।तरपनि जुन जनमत प्राप्त गर्यो तो समग्र मा निराश जनक त थिएन राजनितीक समिकरण ,धुर्बीकरण लाई कांग्रेस नेतृत्व बुझ्न सकेन । ,
प्रकृति को सुन्दरता हेर्ने आँखा हरु जसले आफ्नै स्वाद ,मनोरहमा ,उसको दृष्टि ले कैद गरेको चित्र लाई मात्र मन मष्तिस्क मा कैद गरेको हुन्छ ,समदुरी समकक्ष,अन्तर वस्तु भित्र नियाल्ने कर्ताहरुले एउटै वस्तु ,आभास लाई पनि फरक फरक देख्नु पनि
स्वाभाविक हो ,न यो दृष्टिभ्रम हो किनकी सुन्दरता को जाँच गर्ने अधिकार ,कि आँखा हुनुपर्छ कि अनुभव र महसुशको हुनुपर्छ । त्यसकारण राजनिती का आँखा नै जनमत नै हो ,जब सम्म नेतृत्व ले महशुस गर्न नसक्नु ,हार पछि कमजोरी लाई आत्मासाथ गर्न नसक्नु नैतिक गैरजिम्मेवार पन हो । भदौ मा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भने झै नेपाली काग्रेस चुनाबी एजेण्डा तय गर्न चुकेको देखिन्छ ।
प्रकृति मा विभिन्न अस्तित्व का पंन्छीहरुको समिश्रणले मनुष्य जिवनको उच्च धडकन को रक्त प्रवाहलाई मथ्थर गर्दै मनुष्य जिवनको मनभित्रको सुन्दर गहिराईमा प्रवाह गरिदिन्छ ।आन्नदित ,कल्पवृक्ष जस्तो समाजको परिकल्पना देख्छ, तर तेही समाज हो चिवे चरो जति छिट्टो उडे पनि ,तिक्ष्ण आवाजले कराए पनि छुद्रै हुन्छ ,तरपनि नायक बन्नै खोज्छ , त्यही परिवेशको डायाग्रे चरो साँझ पर्न लागेपछि बाँस बस्न हल्लै गर्छ आफ्नो हुल लाई एकीकृत गर्छ ,कसैलाई यो धुन बन्छ ,चिरबिर आवाज त कसैलाई पिडा बन्छ त्यही आवाज । त्यही कालो कौवा बिहानीको झुल्केघाम सगै कराउदा शुभ संकेत हुन्छ , त कहिले अनिष्टको ,अशुभ खबर को बाहक भई दिन्छ ,आखिर उसले जिम्मेवारी आफ्नो कर्तब्य पुरा पुर निर्वाह गरेको छ ,तरपनि मनुष्य जिवन आफ्नो स्वार्थ अनुसारको रुप ,गाली , र सम्मान ले चित्रण गरिदिन्छन ।फेरी पनि एक बर्षमा एक दिन मनुष्य हरु निस्वार्थ ,कन्चन मनले सम्मान गरि पुजा गर्दै आफ्नो स्वच्छाकारी भावानाको अत्य गर्छन ।हेर प्रकृति को देन टप्प टिप्न कौसल चिल पनि सधैभरी जिवीत जिब छोप्न असमर्थ रहदो रैछ ,कि भोकै बस्न बाध्य नत्र बेचैन भई बाँसी भोजन स्वाकारोक्ती गर्दछ ।दर्विला पखेटा र पाखुरा चुम्बक जस्ता नड्ग्रा र चन्द्रकोण जस्तो ठुढ भई कसिलो शरीर दुर्त गति जस्तो बहकाव हुँदा पनि अजम्वरी नबन्दो रैछ तेही आकासमा उसलाई बक्रदृष्टिले हेर्ने अर्को चतुर नजरको तेजबोध भएको बाज ले राज गरिरहेको हुदोरैछ । न कुनै अन्त्य ,न कुनै एकाधिकार ! सिवाय सो घमण्ड पराकाष्ट सगै हार को लज्जाबोध पनि पिडादायिक नबन्नु कति संकुचितता !! स्वीकार्यवक्त्ति सगै प्रयावर्णिय कांग्रेस को निर्माण लाग्नु आजको समाजको सालिनता बुझ्ने ले नै नेतृत्व गर्न जरुरी छ ,न कि चिबे ,ढाड्ग्रे चरो ,बाज चरो जस्तो ,तिखो बोलि ,हुल सहित को कोलाहल ,एकात्माक बहादुरी प्रदर्शन ले मात्रै परिपूर्ण नहुदो रैछ कोहिली सम्मिश्रण ,गौथली को जस्तो कार्यगत एकता,सुगाँ को जस्तो अन्तरमन्नन गर्ने क्षयमता ,शारिरीक वनोट मा सानै भए पनि फिस्टा को जस्तो स्वस्फुर्ति ले समाजलाई अलौकिक आन्नद प्रस्कृत गरेको हुन्छ , माननिय सोच ,निती निमार्ण कार्यन्वयनमा पनि प्रकृति वनोट को सम्मिश्रणले जस्तै उर्जाशिल बनाईरहेको हुन्छ । जब सम्म मानब सभ्यता संग साम्पिय रहेको पंक्षी ,शान्तिका प्रतिमुर्ति ,युगलजोडी जो खुला हृदय जस्तो आकाश मुनि विचित्रको गन्त्ब्य हुदा हुदै पनि मानव शैली निकटतामा रम्न चाहने शालिन र भद्र पंक्षी परेवा उदारहणीय छ , त्यस्तै यो समाज पनि शालिन र कर्तब्य निष्ट ,आफ्नो क्षेत्रधिकारको सही उपयोग गर्दै ,पारदर्शी कहिले बन्ला ? नकि दैलो थुनि बिरालो कुट्छु र श्राराध्ये गर्छु भन्ने संकीर्ण सोच कहिले त्याग्ने होला ? बलेको आगोमा भुस थपेर निभाउन खोज्नु अनि निभेन भनेर कोठा थुन्नु कत्ति को लाचारपन हो झन पुरै घर पनि डढाउने त होईन ? खै त समिक्षा ? कहिले सम्म कुर्नु पर्ने लोकतंत्र को जमात ले??
म ताक्छु मुढो बन्चरो ताक्छ घुडो , कैहिले काँही जटिलता को खोजी बन्द कोठा भन्दा ,खुला मैदान मा गर्दा अनुउत्तरित अपेक्षा का बिचमा शंका र उप शंका गर्नु पर्ने अवस्थाको सृर्जना हुने थिएन ।समाजमा विश्वासको खडेरी पर्दै जाँदा शान्तिका प्रतिक ,मानविय घेरामा रम्ने परेवा लाई पनि ढाँडे बिरालो ले मौका पाए झम्टन सक्छ , घरमै पालेको भनेर के गर्ने ? उसको विवेक को कुरा ?भाषा नबुझे पनि भावाना बुझ्थ्यो ,कुरा नबुझे इसरा बुझ्थ्यो ,आखिर दैबको लिला !! संघर्षशील पिडा !! नेपाली कांग्रेस को आज अवस्था ।
बिबिध यथार्ता लाई अन्तरयामी भावाना ले एकाग्रा भएर एक अर्का का भावाना ,विश्वास र आवश्यकता लाई बुझाउन सके हामी समाज का पाटा हरु लाई कति सुन्दर बनाउन सक्थ्यौ । यो समाजमा रहेका ,खुलेका ब्यथिती र बेवारिसे ,ब्यक्तिबादी सन्जाल हरु समाजमा आफ्नो बर्चस्व जमाउने ,आफ्नो नाम,परिवार बाद को हैकम सगै गुट उपगुट को झुण्ड झुन्डाउन लालायित हरुको कुकर्म को उपज ले आज लोकतान्त्रिक पद्धति बाट नभई ठेकेदारी प्रथा बाट एकाधिकार कायम गर्न अग्रसर हुदै छन नेपाली राजनिती का आज का कठपुतली हरु जिम्मेवार बन्न आन्तरिक सफाई जरुरी छ,मन र मष्तिक को सुद्धिकरण सगै कमजोरी पक्ष लाई आत्मसाथ गर्दै ब्यक्तिग स्वार्थ र कुण्ठा त्यागी देशको लागी सोच्ने समय हो , म नभए त हुदै हुन्न भन्ने सोच हरेक पार्टी का नेतृत्व ले प्रण गरि त्याग्ने बेला र समय हो साथै संकुचित सोच त्यगी अनुदार बनी बिकास र प्रबिधी सगै युबा नेतृत्व को भुमिका ले नै परिवर्तन सम्भव छ आत्मासाथ गर्ने बेला पनि हो ।
सातौ भाई ,दसौ भाई को कथाले होईन ,लाखौ भाई हरुको मन र मष्तिष्क लाई बुझी दीर्घकालीन समाजिक बनोट को रुपरेखा तय गरौ । अभिभावक बिना को परिवार पनि बिचलित हुन्छ कुनै बेला अब अभिभावकत्व ग्रहण गर्ने हिम्मत गर्नु पनि कुशल नेतृत्व को गुण हो , आज को नेपाली कांग्रेस र उसका हरेक संरचना ब्यथेती बाट गुजिर्नु पर्नु को कारण यिनै हुन ।
नब जागरण ,नब युग ,नब कांग्रेस नयाँ बोतलमा पुरानै रक्सी भरी नयाँ ब्राण्ड बनाएर बन्दैन , नेपाली कांग्रेस आफै एउटा जन मन मन मा बसेको ब्राण्ड हो ,होला केही रसायन ले यसलाई अम्लिय बनाउन खोजे होला अब यसलाई झारफुक गरेर होईन बैज्ञानिक पहिचान गरी घुलनशिल ,यसको रड्ग , त्यसको स्वाद समुन्द्र मैथन पछि अमृत निकाले झै सबै संरचना लाई मैथन गरि अमृत बिचार सगै विकसित नेपालको परिकल्पना सगै सहित जनआभाषको स्वाद पस्किन जरुरी छ । भर्खरै मात्र नैतिकता को राजनिती शुरुवात गर्नु पर्छ भनि सड़केत स्वरुप युबा नेतृत्व सडक मा बसि आम नागरिक को जुत्ता पालिस गरेका छन ,तदापि अहिलै नै आम नागरिक को बिश्वास जाग्ने स्थिती छैन ।
जन आभास को स्वाद र सुगन्ध लाई बुझ्न नसक्ने ,दैनिक क्रियाशिलता मा ह्रास , सुख सहलयता चाख हुने हरुले विश्राम गरी , उर्जाशिल ,सिद्धान्तनिष्ट ,राष्ट्रप्रेम बोकी ,हरेक किसिमका मोह त्यागी आउने ले नेपाली कांग्रेस को नेतृत्व र सगाठानिक संमरचना मा अटाउनु पर्छ तबमात्र हामी जस्ता युबा र प्रदेशिएका नेपाली ले कांग्रेस भित्र भबिष्य देख्न सक्छौ ।
लेखक
नेपाली जनसम्पर्क समिती जापान
उपसभापति एबम महाधिबेसन प्रतिनिधी नेपाली कांग्रेस