राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे प्रदेश–४ बाट सर्वाधिक मतका साथ विजयी भएका छन्।नयाँशक्ति नेपाल र राष्ट्रिय जनमोर्चाको समेत मत पाएका पाण्डे २ हजार २ सय ६२ मतका साथ विजयी भएका हुन्।
पहिलो चरणकै मतगणनामा विजयी भएपनि माओवादी केन्द्रका बरिष्ठ नेता दीननाथ शर्मा तेस्रो नम्बरमा विजयी भए।शर्माले १ हजार ५ सय ३० मत प्राप्त गरी विजयी भए भने एमालेका गणेश तिमिल्सिना १ हजार ७ सय ८२ मतका साथ दोस्रो स्थानमा रही विजयी भए।
कांग्रेसका पाण्डे, एमालेका तिमिल्सिना र माओवादी केन्द्रका शर्मा खुल्लातर्फबाट राष्ट्रिय सभामा पुगेका हुन्।
पाण्डे यस अघिका निर्वाचनमा प्रबल दाबेदार भएपनि संसदीय चुनाब मा नयॉंशक्तीसंगको चुनाबी तालमेलका कारण उनको टिकट गुमेको थियो विध्याथी राजनिती देखिनै सक्रिय पाण्डे लाई पहिलो पटक राज्यको सुबिधा लिगेर जनताको सेवा गर्ने अवसर जुरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्