- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आरजु, रामचन्द्र र विमलेन्द्रलाई राष्ट्रियसभामा मनोनित गर्ने देउवाको नयाँ प्रस्ताव

February 6, 2018
1566
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाण्डौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा मनोनित गर्नुपर्ने तीनजना सदस्यका बारेमा पार्टीभित्र छलफल चलाएका छन् । देउवाले महिला कोटामा पत्नी आरजु राणासहित रामचन्द्र पौडेल र विमलेन्द्र निधीलाई सभामा मनोनित गर्ने अनौपचारिक प्रस्ताव गरेको बताइएको छ ।
यसअघि देउवाले माओवादी र एमालेलाई पनि समेट्न गरी प्रस्ताव गरे पनि सहमति नभएपछि अब तीनै जना कांग्रेसका नेतालाई मनोनित गर्ने प्रयास गरेका हुन् ।
देउवाले एमालेबाट बामदेव गौतम, माओवादीबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट आरजुलाई मनोनित गर्ने प्रस्ताव गरे पनि एमाले र माओवादी सहमत नएपछि आरजुलाई नछुटाई पौडेल र निधीको नाम अघि सारेका हुन् ।
पछिल्लो प्रस्तावमा पार्टीभित्र सहमति नभए देउवाले आफ्नै इच्छाअनुसार मनोनित गर्ने बताइएको छ । देउवाले कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि विकल्पमा रुपमा लिएको बताईको छ ।
संविधानअनुसार राष्ट्रियसभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । कूल ५९ सदस्यीय सभामा ५६ जना भने प्रत्येक प्रदेशबाट ८ जनाका दरले निर्वाचित भएर आउनेछन् ।रिपोर्टस नेपाल बाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com