
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा बिहीबार काठमाडौँ आइपुगेकी स्वराजले नेपालका उच्चअधिकारीहरुसँगको भेटवार्ता भावी प्रधानमन्त्रीका रुपमा लिइएका अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् ।
भेटका क्रममा विदेशमन्त्री स्वराजले नेपालको भावी प्रधानमन्त्रीकारुपमा मोदीको तर्फबाट बधाई सन्देश सुनाउने कार्यक्रम छ । यसअघि मोदीले ओलीलाई फोन गरेर भावी प्रमका रुपमा बधाई तथा भारत भ्रमणको निम्तो दिएका थिए ।
दुई वर्षअघि ओली नै प्रधानमन्त्री भएका बेला ६ महिनासम्म भारतले नाकाबन्दी गरेपछि विग्रिएको सम्बन्ध सुधारको प्रयासका रुपमा यो भेटवार्तालाई लिइएको छ ।
मोदीकै इच्छामा बिना पूर्वतयारी भएको यो भ्रमणमा आफ्ना कुनै एजेन्डा नभएको स्वराजले काठमाडौँ झर्नेवित्तिकै बताएकी थिइन् । उनले यसलाई सांस्कृतिक भ्रमणको संज्ञा दिँदै दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पुर्याउन आफू नेपाल आएको बताएकी थिइन् ।
सुस्मा एयरपोर्टमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएर होटल सोल्टी पुगेकी हुन् । ओली बालकोटस्थित निवासमा वाम गठबन्धनको बैठक राखेर सोल्टी पुगेका हुन् ।
सुस्मालाई भेट्नुअघि प्रचण्डसहितको दुई पार्टीको बैठकमा भारतीय पक्षसँग गरिने छलफलका एजेन्डाबारे पनि कुराकानी भएको स्रोतको भनाई छ ।
यो भेटका क्रममा सुस्माले भावी प्रधानमन्त्रीकारुपमा बधाई तथा शुभकामना दिएर विगतमा बिग्रेको सम्बन्धलाई ‘सुधारका लागि पहल गर्ने बताइएको छ । अन्नपूर्ण पोष्ट बाट
एमाले अध्यक्ष ओली र विदेशमन्त्री स्वारजबीच भेटवार्ता
प्रकाशित मिति: २०७४ माघ १८, बिहीबार
1786
Shares
- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र योजना आयोगका पदाधिकारीसँग उच्चस्तरीय छलफल

काठमाडौँ महानगरको कडा कदम: तीन दिनभित्र सबै सार्वजनिक सवारी बसपार्क छिर्नुपर्ने

विद्यालयमा अनधिकृत पुस्तक र सामग्री बिक्री रोक्न कडा निर्देशन

सिंहदरबारमा बालेन्द्र शाहको कडा निगरानी: सूचना प्रवाहदेखि कर्मचारीको समयपालनासम्ममा कडाइ

सेयर लगानी विवादमा गृहमन्त्री सुदन गुरुङको स्पष्टीकरण: “आरोप र सत्य एउटै होइनन्, म प्रमाणमा उभिन्छु
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81









