पोखरा : ४ नम्बर प्रदेशको पहिलो प्रदेश सभा बैठक २२ माघमा आह्वान भएको छ। प्रदेश प्रमुख बाबुराम कुँवरले उक्त बैठक आह्वान गरेका हुन्। कुँवरका तर्फबाट उनको कार्यालयका सहसचिव देवीप्रसाद ज्ञवालीले सार्वजनिक सूचनामार्फत प्रदेश सभा बैठक २२ गते बिहान ११ बजेलाई डाकिएको जानकारी गराएका छन्।
पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा उक्त दिन प्रदेश सभाको पहिलो बैठक बस्ने भएको छ। ज्ञवालीका अनुसार सबै ६० सांसदलाई पनि बैठक आह्वानको सूचना दिइएको छ। ‘सबै जिल्लाका सीडीओहरुलाई सांसदहरुमा सूचना पुर्यादिन भनेका छौं’, उनले भने, ‘एसएमएस गरिसकेका छौं, फोन पनि गर्छाैं।’
प्रदेश मन्त्रिपरिषद नबनेको हुँदा उक्त दिन प्रदेश प्रमुखले सभालाई सम्बोधन भने गर्ने छैनन्। प्रदेश सरकारले नै तयार गरेको सम्बोधन प्रमुखले गर्ने हुँदा मन्त्रिपरिषद अभाव खट्किएको छ। प्रदेश सभा सचिवालयका लागि सरकारले ७ कर्मचारी खटाइसकेको भए पनि उनीहरु पोखरा आइसकेका छैनन्। उनीहरु आइसकेपछि २२ गतेको प्रदेश सभा बैठकको कार्यक्रम तय हुनेछ।
संविधानले प्रदेश सभा निर्वाचन परिणाम आएको २० दिनभित्र पहिलो बैठक बस्नुपर्ने व्यवस्था गरेको छ। यो प्रदेशको परिणाम माघ ३ गते आएको हुँदा २३ गते उक्त म्याद सकिन्छ। २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि सांसदहरु पोखरा आइसक्ने हुँदा २२ गते बैठक उपयुक्त हुने ठानिएको हो।अन्नपूर्ण बाट
प्रदेश ४ को पहिलो प्रदेश सभा बैठक २२ गते
प्रकाशित मिति: २०७४ माघ १४, आइतबार
1941
Shares
- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

अब सेयर कारोबार सातामा ४ दिन मात्रै !

महासंघ निर्वाचनको सरगर्मी: फेसियल हाउसकी सञ्चालक सुष्मा महरा चुनावी मैदानमा, महिला उद्यमशीलतालाई प्राथमिकता

सल्यानटारमा हुने नृसिंह धाम पुरुषोत्तम महामहोत्सव: चैत १ देखि २५ गतेसम्म, देशव्यापी रथयात्रा

इलाम-१ मा कांग्रेसका निस्कल राई विजयी

कांग्रेसले काठमाडौँ उपत्यकामा भोलि ६ वटा चुनावी सभा गर्ने
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.44
174.14

UK Pound Sterling
1
199.01
199.82

Swiss Franc
1
187.61
188.37

Australian Dollar
1
104.69
105.11

Canadian Dollar
1
107.03
107.46

Singapore Dollar
1
116.22
116.69

Japanese Yen
10
9.30
9.34

Chinese Yuan
1
21.68
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
15.99
16.05

Danish Kroner
1
23.21
23.30

Hong Kong Dollar
1
18.90
18.98

Kuwaity Dinar
1
483.10
485.06

Bahrain Dinar
1
392.65
394.25

Omani Rial
1
384.60
386.16








