Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५५:४८ बिहान
- ADVERTISEMENT -

प्रदीपको टीमले मात्र काठमाडौं–५ को विकास गर्न सक्छ : नरहरी आचार्य

प्रकाशित मिति: २०७९ कात्तिक १३, आइतबार

372
Shares

काठमाडौँ । नेपाली कांग्रेसका वौद्धिक नेता नरहरी आचार्यले काठमाडौं ५ को विकास प्रदीप पौडेललको टीमले मात्र गर्न सक्ने बताएकाछन् । आइतबार नेपाल लोकतान्त्रीक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाईसम्बोधन गर्दै आचार्यले युवाहरुको टीमलेमात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन् । 

‘काठमाडौं ५ मा युवाहरुको बलियो टीम छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यो टीमले जितेमात्र काठमाडौं ५ मा विकासका ढोका खुल्नथाल्छन् ।’ 

साथै, कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनले बताए । ‘कांग्रेसलेसार्वजनिक गरेका प्रतिवद्धतालाई पुरा गर्न अब ५ वर्ष प्रदीप जीले घचघच्याउनुहुनेछ,’ आचार्यले भने । 

अहिले भएको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रष्ट पारे । त्यसैले गठबन्धनप्रति जिम्मेवार रहनकार्यकर्तालाई आग्रहसमेत गरे ।  ‘जब–जब देशलाई संकट पर्छ त्यतिबेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेकोगठबन्धन पनि कांग्रेसले खोजेर भएको होइन त्यस्तै परिस्थितिले उब्जाएको हो । त्यसैले गठबन्धनप्रति सबैजना जिम्मेवार बनौँ ।’ 

साथै, अहिलेसम्म भएका निर्वाचन कांग्रेसकै नेतृत्वले गर्दै आएको पनि उनले स्मरण गरे । ‘नेपालमा कांग्रेसबाहेक अन्य पार्टीले निर्वाचनगराउन सकेका छैनन्,’ उनले भने, ‘लोकतन्त्रको रक्षा र निर्वाचन गर्नका लागि कांग्रेसकै नेतृत्व चाहिने रहेछ भन्ने प्रमाणित भएको छ ।’ 

त्यसैले मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेसलाई सम्झिएर मतदान गर्न काठमाडौं ५ का मतदातालाई आचार्यले आह्वानसमेत गरे । 

झण्डै ५ वर्षयता स्वास्थ्यलाभ गरिरहेका आचार्य लामो समयपछि जनतामाझ साक्षात्कारका लागि उपस्थित भएका हुन् । कार्यक्रममाखेलाडीहरुलाई सम्मान गर्दै खेलाडीको मेहेनतले देशकै गरिमा बढाउने बताए । ‘राष्ट्रको पहिचान गराउने एउटा सशक्त माध्यम खेल नैहो,’ उनले भने, ‘खेलाडीले नै देशको गरिमा बढाउने हुन् ।’ 

कार्यक्रममा विशेष अतिथिका रुपमा युवा नेता तथा काठमाडौं प्रतिनिधि सभा ५ का उम्मेदवार प्रदीप पौडेल उपस्थित थिए । 

कार्यक्रममा बोल्दै पौडेलले  खेलकुदमा लगानी बढाएर सबै युवाको खेलकुदमा पहुँच हुने अवस्था सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे ।‘हरेक युवालाई खेलकुदसँग जोड्न चाहन्छौँ,¬’ उनले भने, ‘समाजमा बाहुबली नेतृत्व ल्याउने होइन विधिवत प्रतिस्पर्धाले नेतृत्व ल्याउनेहो भन्ने मान्यता समाजमा स्थापित गर्नु पर्नेछ । त्यो खेलकुदको माध्यमबाट सम्भव छ ।’  

त्यसैले खेलकुदको विकासदेखि समग्र काठमाडौँ ५ को विकासका निम्ति बाम लोकतान्त्रिका उम्मेदवार विजयी हुनुपर्ने प्रदीपको जोड छ। ‘विगतलाई हेरेर अब मतदाताले मूल्यांकन गर्न सक्नुपर्छ,’ प्रदीपले उद्घोष गरे, ‘जसले आफूमाथि बेइमानी गर्दैन भन्ने लाग्छ उसैलाई मतदिनुस् अब क्रान्तिबाट परिवर्तन आउँदैन परिवर्तन ल्याउने भनेको आवधिक निर्वाचनले नै हो ।’ 

टोखामा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रदीपले टोखामा उत्पादन हुने चाकुलाई अन्तराष्ट्रिय बजारमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।‘टोखाको चाकु स्वदेशी बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पुर्याउनेछौँ,’ उनले भने, ‘टोखा पुरानो नेवारी बस्ती पनि हो यहाँकोसभ्यता र संस्कृतिको विकासका लागि अध्ययन गर्नेछौँ ।’ 

त्यस्तै, काठमाडौँ ५ लाई साँस्कृतिक सहर निर्माण गर्न सुक्ष्म अध्ययन गरिने उनले बताए । ‘हामी काठमाडौं ५ लाई कसरी साँस्कृतिकसहर बनाउन सकिन्छ त्यसबारेमा सुक्ष्म अध्ययन गर्नेछौँ,’ प्रदीपले आफ्ना योजना सुनाए, ‘यहाँका विकासका सम्भावनाको खोजी रअध्ययन गर्नेछौँ, संसद विकास कोषको पैसा वार्षिक सार्वजनिक अडिट गर्ने व्यवस्था मिलाउँने छौँ, हाम्रको कामको मूल्यांकन गर्नटोलटोलमा समिति बनाउँनेछौँ ।’

लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय सचिव मनिष जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्रिकेटर पारस खड्का, फुटबलररामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी बक्सिङका अर्जुनबहादुर केसी, पुष्पराज जोशी, पर्वतारोही पूर्णिमा श्रेष्ठ र नवौँ राष्ट्रिय खेलकुदकोविभिन्न विधामा पदक विजेतासहित ४० जना खेलाडीलाई सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -