नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कानुन बनाउने मात्र नभई भौतिक पुर्बाधार निमार्णमा आफ्नो ध्यान रहने बताएका छन् ।
आईतबार (आज) चुनावी अभियानका क्रममा मतदाताहरुसँगको भेटघाटका क्रममा नेता सिंहले सो कुरा बताएका हुन् ।
काठमाण्डौ क्षेत्र नं १ का उम्मेदवार समेत रहेका नेता सिंहले यस क्षेत्रले जिताएर पठाएका जनप्रतिनिधि देशको प्रधानमन्त्री साथै ठुला ठुला पदमा पुगे पनि विकाशको काममा ठुलो कार्य गर्न नसकेको समेत बताए ।
नेता सिंहले भने ‘बहुदल पछि यस क्षेत्रमा कांग्रेसले २०६४ साल सम्म बहुमत पाउन नसकेको उल्लेख गर्दै २०६४ मा जनताले जिताएर पठाए पछि भने यस क्षेत्रमा विकाशको कार्य अगाडि बडेको भन्दै पुर्णता दिन अझै बाकिरहेको छ ।’
नेता सिंहका अनुसार अझै पनि विकाशका कामलाई अगाडि बढाउँन उचित कानुनहरु बनीनसकेकाले कानुन निमार्ण साथै यस क्षेत्रको भौतिक पुर्बाधार विकाशका लागि कांग्रेसले नै जित्नुपर्छ ।
यता, नेता सिंहले जन प्रतिनिधिको रुपमा आफु सधै जनताले बोलाउदा जनता समक्ष हाजिर भएको समेत स्मण गरे । जनतालाई दु: ख पर्दा आफुले सक्दो मद्धत गर्ने गरेको उल्लेख गर्दै नेता सिंहले यस पटक पनि जनताले आफुलाई विश्वाश गर्नेमा आशावादी रहेको बताए । राजनीति सेवाको भावले प्रेरित भएर शुरु गरेको बताउदै निकै लामो उतारचढाव झेल्दै यहाँ सम्म पुगेको भन्दै आफुमा कुनै लोभलालच नरहेको नेता सिंहले बताए ।
चुनावी अभियानमा सबै खाले उमेदवार र राजनीति दलहरु घरदैलोमा आउनु स्वभाबिक हाे राजनीति दल र उम्मेदवारको बिषयमा सही मुल्यांकन जनताले गर्नु पर्ने समेत बताए । । कांग्रेस राजनीति स्थायित्व र सम्पन्नता को एजेन्डामा लिएर घर आगनमा आएकाले कांग्रेसलाई मत दिन समेत नेता सिंहको आग्रह छ ।








































