काठमाडौं, ३१असोज । नेपाली कांग्रेसले २९१ सदस्यीय प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन -२०७९ केन्द्रीय प्रचारप्रसार समितिगठन गरेको छ ।
पार्टी प्रवक्ता प्रकासशरण महतको संयोजकत्वमा कांग्रेसले २९१ सदस्यीय प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन -२०७९ केन्द्रीयप्रचारप्रसार समिति गठन गरेको हो ।
सो समितिमा गोरखाका ६ जना सदस्य मनोनीत भएका छन् । जसमा ईश्वर पाण्डे, दिपकबाबु कंडेल, राजनराज पन्त, युवराजबस्ताकोटी, मन कुमारी गुरुङ, कमला लामिछाने रहेका छन् ।








































