गोरखा : नेपाली कांग्रेस गोरखाले आफ्ना पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई सामाजिक संजालमा गठबन्धनका उम्मेदवारका विरुद्ध नलेख्न अनुरोध गरेको छ ।
विहिबार विहान नेपाली कांग्रेस गोरखाले विज्ञ्यप्ती जारी गर्दै आफ्ना पार्टीका सबै सदस्यहरुलाई फेसबुक लगायत अन्य सामाजिक संजालमा गठबन्धन दलका उम्मेदवारका विरुद्ध नलेख्न अनुरोध गरेको हो ।
जिल्ला अनुशासन समितिका संयोजक रहेका कृष्ण बहादुर आलेले जारी गरेको उक्त व्यक्तव्यमा गठबन्धन भित्र रहेका कुनैपनी दलका विरुद्ध सामाजिक संजालमा नलेख्न आग्रह गरिएको हो ।








































