Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५०:५० बिहान
- ADVERTISEMENT -

दशैंको अवधिमा १६ हजारले गरे पाथीभराको दर्शन

प्रकाशित मिति: २०७९ असोज २५, मंगलबार

296
Shares

ताप्लेजुङ, असोज २५ गते। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न दशैंको अवधिमा मात्र करिब १६ हजार भक्तजन आएका छन्। दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। 

दशैं र तिहारको अवधिलाई पाथीभरा दर्शनका लागि मुख्य मौसम मानिन्छ। यसवर्षको मुख्य सिजन नवरात्र अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा कुल १५ हजार ९२९ जना भक्तजनले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। 

विगतमा झैँ यो वर्ष दशैंको अवधिमा पाथीभरा दर्शन गर्ने भक्तजनको भीड लागेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो। काफ्लेका अनुसार पाथीभरा दर्शनमा अधिकांश आन्तरिक भक्तजन आएका छन्। सीमित भक्तजन देशबाहिर भारतको सिक्किम र दार्जिलिङ लगायतबाट आएका समितिले जनाएको छ। 

नवरात्रको पहिलो अर्थात् घटस्थापनाको दिन दुई हजार ३६७ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। नवरात्रको दोस्रो दिन दशैं अवधिकै सबैभन्दा बढी दुई हजार ७४६ जना भक्तजनले पाथीभराको दर्शन गरेका कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो। 

दशैंको अन्य दिनमा पनि हजारको हाराहरिमा पाथीभराको दर्शन गर्न भक्तजन आएका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। 

विगत वर्षको तुलनामा भने यो वर्ष भक्तजनको उपस्थिति केही कम भएको छ। धार्मिक मान्यताअनुसार अन्धशुक्रका कारण यसवर्ष भक्तजन केही कम आएका पाथीभराका पुजारी बताउँछन्। त्यस्तै झरीबादलको मौसम भएकाले भक्तजनको आगमनमा कमी आएको बताइएको छ। तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा धाममा पूर्वका जिल्लाबाट साथै काठमाडौं, पोखरा लगायतबाट भक्तजन आएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -