अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थितिलाई अझ फराकिलो र उपलब्धीमूलक बनाउने क्रममा नेपालकी सोनाली सापकोटाले सफलताको गन्तव्य तय गरेकी छिन् ।
नेपालको प्रतिनिधित्व गर्र्दै नाइजेरिया पुगेकी सोनालीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इन्टरग्लोबल २०२२ को ताज पहिरिएर गर्व गर्न लायकको उपलब्धी हासिल गरेकी छिन् । काभ्रेकी सोनालीले नाइजेरियाको लागोस लेकीस्थित नोभाटेल होटलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा अब्बल प्रस्तुति दिएर प्रतियोगिताको शीर्ष उपाधिमा आफ्नो नाम दर्ता गराएकी हुन् ।
प्रतियोगितामा क्यामरुनकी फ्लेचप जेमो सेलिया फस्ट रनर अप तथा जाम्बियाकी ग्रेस म्वीला सेकेन्ड रनर अप घोषित भएका छन् मिस इन्टरग्लोबल २०२२ मा सहभागिता जनाउन पूर्व सोनालीले आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न मिस ग्राण्ड नेपाल २०२१ मा सहभागिता जनाएकी थिइन् भने सो प्रतियोगितामा मिस कन्फिडेन्ट र वेष्ट स्पीचको अवार्ड सहित मिस इन्टरग्लोबल नेपाल २०२२ को ताज पहिरिएपछि उनी मिस इन्टरग्लोबल २०२२ का लागि नेपालका तर्फबाट सहभागिता जनाउन नाइजेरिया पुगेकी हुन् ।
सोनालीलाई मिस इन्टरग्लोबलका लागि सो प्रतियोगिताको नेपालको संस्था आरके इन्टरटेन्मेन्ट ग्रुपले गरेको थियो ।








































