भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ ।
समाजवादी पार्टीका संस्थापक सिंहको सोमबार बिहान गरुग्राममा ८२ वर्षकाे उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाजवादी पार्टीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट सिंहको निधनबारे जानकारी दिएको हो । अखिलेश यादवले आफ्ना आदरणीय पिताको निधन भएको उल्लेख गरेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अक्टोबर २ देखि गुरुग्रामा रहेको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो ।
आइतबार अस्पतालले उनको स्वास्थ्य अवस्था निकै नाजुक रहेको उल्लेख गरेको थियो । विभिन्न क्षेत्रका व्यक्तिहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका छन् ।
उनी तीन पटक उत्तर प्रदेशकाे मुख्यमन्त्री भएका थिए ।








































