काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव सामान्य रहेको छ। अबको १/२ दिन आंशिक बदली हुने र भारी वर्षाको सम्भावनासमेत नरहेको मौसमविदहरूले जानकारी दिएका छन्। अब मनसुन अन्त्य हुने बाटोतिर लागेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर १-२ दिन तलमाथि पारेर बाहिरिने मौसमविद्ले जानकारी दिएका छन्।
आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन महाशाखाले गरेको छ। शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।








































