काठमाडौं । देशभर कोभिड १९ संक्रमण घटिरहँदा पछिल्लो २४ घण्टामा ९ वटा जिल्लामा मात्रै कोभिड १९ संक्रमित थपिएका छन् ।
तीमध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, भक्तपुर र सिन्धुपाल्चोकमा एक एकजना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १२, ललितपुरमा ५ र चितवनमा २ जनामा संक्रमण देखिएको छ । थपिने संक्रमितको संख्या घटेसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५९५ मा झरेको छ ।
आज एक हजार ४१ जना होम आइसोलेसनमा र ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये ९ जना आईसीयूमा रहेका मन्त्रालयले जनाएको छ ।








































