रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा ३ बाट प्रकाश पाठकलाई उम्मेदवार बनाउने भएको छ ।
गत निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जितेको झापा ३ मा रविको पार्टीले पाठकलाई उठाउन लागेको हो । नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरिरहेका लिङदेन झापा ३ बाटै चुनाव लड्ने तयारीमा छन् ।
यही क्षेत्रबाट नेपाली कांग्रेसका नेता कृष्ण सिटौला चुनाव लड्दै आएका छन् । स्वतन्त्र पार्टीबाट उठ्न लागेका पाठक पूर्वसञ्चारकर्मी हुन् । उम्मेदवारी घोषणा गरेर उनले प्रचार–प्रसार थालिसकेका छन् ।








































