Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४३:३५ बिहान
- ADVERTISEMENT -

‘प्रेम गीत–३’को नेपालीभन्दा हिन्दी संस्करण रुचाइएको हो ?

प्रकाशित मिति: २०७९ असोज १३, बिहीबार

284
Shares

काठमाडौं । असोज ७ गते रिलिज भएको चलचित्र ‘प्रेम गीत–३’ अहिले पनि हलमा प्रदर्शनरत छ । हिन्दी र नेपाली दुवै संस्करण प्रदर्शन भइरहेका छन् । 

नेपाल र भारतसहित विश्वका अन्य देशमा पनि चलचित्र प्रदर्शनमा छ । नेपालमा सुरुका तीन दिन नेपाली संस्करण मात्रै प्रदर्शन भए पनि त्यसयता दुवै संस्करण चलिरहेका छन् । 

हाल नेपालमा नेपाली संस्करणभन्दा हिन्दी संस्करणले मल्टिप्लेक्समा उच्च शो पाइरहेको छ । 

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा आज अपराह्नपछि नेपाली संस्करणलाई १८ शो उपलब्ध छ भने हिन्दीलाई २७ शो दिइएको छ । 

नेपालीभन्दा हिन्दी संस्करण नेपालमा रुचाइएको हो भन्ने जिज्ञासामा ‘प्रेम गीत–३’ निर्माता तथा निर्देशक सन्तोष सेन भन्छन्, “दुवै संस्करण उत्तिकै मन पराइएको छ । तर, हिन्दीभन्दा नेपालीलाई केही कम शो छ । सुरुका तीन दिन नेपालीले शोलो रिलिजको अवसर पाएकाले पनि अहिले हिन्दीमा धेरै दर्शक देखिएको हो ।” 

नेपालमा ‘प्रेम गीत–३’ले हालसम्म ७ करोड ग्रस कलेक्सन गरेको सन्तोषको दाबी छ । उनका अनुसार हिन्दी र नेपाली दुवै संस्करणले बुधबारसम्म जम्मा करिब ७ करोड ग्रस कलेक्सन गरेका छन् । 

भारतलगायत अन्य देशबाट पनि ७ करोडभन्दा केही बढी आईसी कलेक्सन भइसकेको उनको दाबी छ । भारतमा सुरुका दिनभन्दा पछिल्लो समय दर्शकको उपस्थिति बलियो रहेको उनको भनाइ छ । “मुम्बइमा मात्रै आज ३५ शोभन्दा धेरै छ । वर्ड अफ माउथका कारण भारतमा शो थपिने क्रम बढेको छ,” उनले भने । 

सिनेमा रिलिज हुँदा भारतमा रहेको निर्देशक र मुख्य कलाकारको टोली अहिले भने नेपालमा छ । पूर्वी नेपालका सहरसहित पोखरा हुँदै सन्तोष सेन, प्रदीप खड्कालगायतको टोली बुधबार राति काठमाडौं आइपुगेको छ । आजबाट कलाकारसहितको टोली हलहलमा पुग्ने सन्तोष बताउँछन् । 

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -