काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंमा चियापान कार्यक्रम आयोजना गरेका छन् । बिहिबार बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, बलबहादुर केसी, चन्द्र भण्डारी, सञ्जय गौतम, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, भूपेन्द्रजंग शाहीलगायत अन्य थुप्रै कांग्रेस नेताहरु पुगेका थिए।
यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको चियापान कार्यक्रममा भने सहभागी छन् ।
शेखर-गगन पक्षका नेताहरूले पार्टीमा समान अधिकार र न्यायका लागि भन्दै विभिन्न आन्दोलन गरिरहेका छन्। सोही कार्यक्रम अन्तर्गत आज चियापान भएको थियो। चियापानको यो कार्यक्रमलाई पनि शेखर पक्षले खबरदारीकै निरन्तरता भनेको छ ।








































