काठमाडौँ ।
कमेडी च्याम्पियन सिजन-१ का विजेता हिमेश पन्त धादिङबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने भएका छन्।
उनि स्ट्याण्डप् कमेडी मार्फत पछिल्ला पुस्तामाझ परिचित रहेका छन्। उनले व्यंग्य गर्दा पनि राजनितिक कन्टेन्टलाई नै खुराक बनाउदै आएका थिए। पन्त धादिङकै स्थानीय हुन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका हुन्।








































