काठमाडौ : काठमाडौको नागर्जुन नगरपालिका १ रानिवनस्थित एक फर्निचरमा आगालागी भएको छ । मध्यान्ह १ बजे देखि लागेको उक्त आगलागी करिव १ घण्टा पछि नियन्त्रणमा आएको बालाजु वृतका प्रमुख रविन बिष्टले बताएका छन ।
विद्दुत सट भई लागेको आगलागी नियन्त्रण गर्न ४ वटा दमकल लगायत पानीका ट्याङकरहरु परिचालन गरिएको बिष्टले बताए ।
घटनामा यकिन कति क्षती भयो भन्ने जानकारी नआएको पनि बिष्ट बताउछन ।








































