Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:०२ बिहान
- ADVERTISEMENT -

आज दशैंको तेस्रो दिन, माता चन्द्रघण्टाको विशेष पूजाआरधना गरिँदै

प्रकाशित मिति: २०७९ असोज १२, बुधबार

228
Shares

विजया दशमीको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा आरधना गरेर मनाईंदैछ । हिन्दु धर्मावलम्बीहरुले आज चन्द्रघण्टा देवीका रुपमा नव दुर्गाको पूजा गर्छन् ।

आज पनि बिहानैदेखि मुलुकभरका नवदुर्गा मन्दिर र शक्तिपीठमा भक्तजनको भीड लागेको छ । काठमाडौंका गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, तलेजु भवानी, भद्रकालीलगायत दुर्गा माताको शक्तिपीठमा भक्तजनहरुको घुईंचो छ ।

शीरमा घण्ट आकारको चन्द्रमा भएकाले देवीको नाम चन्द्रघण्टा राखिएको शास्त्रमा उल्लेख छ । चन्द्रघण्टाको वाहन सिंह हो । आज चन्द्रघण्टा देवीको पूजाआजा गरेपछि मनुष्यले राक्षसी तथा भूतप्रेत शक्तिबाट उन्मुक्ति पाउने धार्मिक विश्वास छ ।

भयनाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आरधना गरिन्छ । दुःख कष्टबाट मुक्ति पाउन गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद चढाएर चन्द्रघण्टा माताको पूजा गरेमा विशेष फल मिल्ने विश्वाससमेत धेरैको छ ।

घटस्थापनाको दिनदेखि नवदूर्गाका नौ वटा रुपको पूजा गरिने परम्परा छ । नवरात्रका नौ दिनमा क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो ब्रम्हचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौं स्कन्दमाता, छैठौं कात्यायनी, सातौं कालरात्री, आठौं महागौरी र नवौं दिन सिद्धिधात्रीको पूजा गर्ने गरिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -