Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४०:४९ बिहान
- ADVERTISEMENT -

गोरखामा बाबुराम ‘इन’ भएपछि नारायणकाजी ‘आउट’

प्रकाशित मिति: २०७९ असोज ११, मंगलबार

558
Shares

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई बलियो दाबेदार बनेका छन् । सोही क्षेत्रबाट माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि दाबी गर्दै आएका थिए । तर, राष्ट्रियसभा सदस्य समेत रहेका श्रेष्ठ भट्टराई ‘इन’ भएसँगै ‘डेन्जर जोन’मा पर्दै चुनाव नै नलड्ने निष्कर्षमा पुगेका छन् । 

आगामी मंसिर ४ गते हुने चुनावमा भट्टराई माओवादीकै हँसिया हथौडा चुनाव चिन्ह लिएर लड्ने भएका छन् भने उनले गोरखा–२ बाटै टिकट पाउने पक्कापक्की भएको छ ।  २०७४ सालको चुनावमा भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । जसमा श्रेष्ठ एमाले–माओवादीसहितको वाम गठबन्धनबाट लडेका थिए भने भट्टराईले नेपाली काँग्रेससहित लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला भट्टराईले ३१ हजार ८०७ मतका साथ विजयी भएका थिए भने श्रेष्ठ २४ हजार ९३३ मतका साथ पराजित भएका थिए । 

भट्टराई र श्रेष्ठबीचको मतान्तर ६ हजार ८७४ थियो । राष्ट्रिय सभा सदस्य नारायणकाजी राजीनामा दिएर आगामी चुनावमा गोरखा २ बाट चुनाव लड्ने पहिलेदेखि चर्चा थियो । तर, भट्टराईले माओवादीसँग तालमेल गरेपछि श्रेष्ठ डेन्जर जोनमा हुँदै अब चुनावनै नलड्ने अवस्थामा पुगेका हुन् । उसो त तल्लो कमिटीले उनको नाम समेत सिफारिस गरेको थिएन । 

गोरखा २ बाट चुनाव लड्नेगरी तीन जनाको मात्रै नाम सिफारिस भएको केन्द्रीय सदस्य लेखबहादुर थापाले बताए । ‘पार्टीबाट हितराज पाण्डे,लेखनाथ न्यौपाने र चूडामणि खड्काको नाम सिफारिस भएको छ’ थापाले भने,‘उहाँ(नारायणकाजी)को नाम प्रतिनिधि सभामा चुनाव उठ्ने गरी सिफारिस भएको छैन । नामै सिफारिस नभएकाले चुनाव उठ्नुहुन्न होला ।’ 

यस्तै नारायणकाजी स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले गोरखाबाट श्रेष्ठ चुनावमा उठ्ने तयारी नभएको बताए । ‘उहाँ(नारायणकाजी) गोरखाबाट चुनाव लड्ने गरी तयारी छैन । उहाँले पार्टीका नेताहरुलाई भन्नु भएको छैन । यो चुनावमा उहाँ चुनाव लड्ने सम्भावना छैन’ सुरेशकाजीले भने ।

०७४ सालको चुनावमा पराजित भएपछि श्रेष्ठले ५ वर्ष संसद नछिर्ने बताएका थिए । तर, त्यसको २ वर्षमै उनी राष्ट्रिय सभाबाट संसद छिरेका थिए । उनी २०७६ साल माघ ९ गते भएको राष्ट्रिय सभा चुनावमा निर्वाचित भएका थिए । उनी पहिलो संविधान सभामा समानुपातिक सांसद भएका थिए । २०७० सालको दोस्रो संविधान सभा चुनावमा भने उनी मकवानपुरबाट पराजित भएका थिए । 

रातोपाटिबाट साभार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -