चलचित्र ‘तिम्रो मेरो साथ’ आगामी पुसमा प्रदर्शनमा आउने भएको छ ।
पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्रलाई पुसको २९ गतेबाट प्रदर्शनमा ल्याउने निर्माण गरिएको प्रस्तुतकर्ता एवं निर्देशक रमेश एमके पौडेलले जानकारी दिए ।
अभिनेता पुष्प र साम्राज्ञीले यसअघि चलचित्र ‘मंगलम’ र ‘मारुनी’मा सहकार्य गरेका थिए ।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको चलचित्र ‘तिम्रो मेरो साथ’मा सन्दिप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, नव कलाकार ईमिली लामा र दिपिसा केसी लगायतको पनि अभिनय छ । पासाङ लामा निर्माता, सबिर श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्र ‘तिम्रो मेरो साथ’लाई शिव ढकालले छायांकन गरेका हुन्
आर्यन फिल्मस् प्रालि र बोधी एचडीको ब्यानरमा प्रेमकथामा आधारित रहेर चलचित्र निर्माण भएको हो ।








































