Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०९:४३ बिहान
- ADVERTISEMENT -

कात्तिक १ गते अस्थायी मतदाता नामावली प्रकाशन

प्रकाशित मिति: २०७९ असोज ११, मंगलबार

238
Shares

काठमाडौं, असोज ११ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीहरू आउँदो कार्तिक १ गते प्रकाशन गर्ने भएको छ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्ने तोकिएको समय सकिएसँगै नामावली प्रकाशन गर्ने तयारी अघि बढाएको हो । आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्न असोज ६ देखि ८ गतेसम्म तोकिएको थियो ।

नामावलीमा त्रुटि भए कात्तिक २ र ३ गते सच्याउन सक्ने र संशोधित नामावली ४ गते प्रकाशन हुने आयोगले जनाएको छ । कात्तिक ५ र ६ गते नामावलीउपर जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिन सकिने र अन्तिम अस्थायी मतदाता नामावली कात्तिक १४ गते प्रकाशन हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

अस्थायी मतदाताले आगामी प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । आयोगले अस्थायी मतदाताको नामावली संकलन गरिसकेको प्रवक्ता पौडेलले बताए । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मध्येबाटै अस्थायी मतदाता नामावली तयार गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ को परिच्छेद–३ दफा ३० मा समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रयोजनको लागि आयोगले छुट्टै अस्थायी मतदाता नामावली तयार गराउन सक्नेछ । सो ऐनमा भएको व्यवस्थाबमोजिम र सर्वोच्च अदालतले कैदी र थुनुवामा रहेकाहरूको मताधिकार सुरक्षित राख्न निर्वाचन आयोगको नाममा विभिन्न समयमा आदेश दिएको थियो ।

आयोगका अनुसार अस्थायी मतदाता हुन पाउनेहरूमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन् । यस्ता मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।

त्यसै गरी कारागारमा रहेका थुनुवा वा कैदी, सरकारको स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति र निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि समानुपातिकतर्फ मतदान गर्न पाउने छन् । नेपाल समाचारपत्र दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -