काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारलाई डेंगी भएको छ ।
घोषणापत्र लेखन समिति सदस्य तथा प्रवक्तासमेत रहेका परियारलाई सोमबार डेंगी पुष्टि भएको हो ।
परियारले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार उनलाई आइतबारबाट ज्वरो आएको हो । उनले आफू घरमै आराम गरिरहेको जानकारी दिएका छन् ।








































