Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
८:३८:०७ राति
- ADVERTISEMENT -

प्रचण्डले हेरे फिल्म ‘प्रेमगीत ३’, भन्छन्, नेपालको पर्यटन विकासमा मद्दत गर्छ

प्रकाशित मिति: २०७९ असोज १०, सोमबार

277
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्म ‘प्रेमगीत ३’ हेरेका छन् । आइतबार साँझ चितवनको इन्द्रदेव हलमा भरतपुर मेयर रेणु दाहाल, पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीसहितको टोलीसँग फिल्म हेरे ।

पुरै समय हलमै बसेर फिल्म हेरेका प्रचण्डले बाहिर निस्कँदा संचारकर्मीसँग फिल्मको प्रशंसा गरे । फिल्म हेरिरहँदा आफूलाई बाल्यकालको याद आएको बताउँदै उनले नेपालको पर्यटन विकासमा फिल्मले टेवा पुग्ने समेत बताए । ‘मसलेदार’ भन्दै उनले फिल्मको समीक्षा पनि गरे ।

फिल्म हेरेपछि प्रचण्डले भने :

‘धेरै समयपछि फिल्म हलमा आएर फिल्म हेर्ने अवसर जुट्यो । काठमाडौंबाट आउने वित्तिकै साथीहरुले कुरा गर्नुभयो । विश्वभरी चलेको छ, चर्चित भएको छ भनेपछि हामीले फिल्म भोलि हेर्ने भनेर आज हेरियो ।

फिल्म हेर्दै गर्दा पहिले-पहिलेको याद पनि आयो । फिल्म चल्दै जान्छ र पछाडिबाट होहल्ला हुँदै पनि गयो । पहिले पहिले बचपनको याद पनि आयो मलाई ।

यसमा धेरै चीज एकैठाउँमा मिसाएर प्रस्तुत गरिएको छ र बडो मसलेदार जस्तो लाग्यो । यहाँ युद्ध पनि छ, राजनीति पनि छ । दरबारभित्रको षड्यन्त्र पनि छ । प्रेम पनि छ, हिंसा पनि छ, प्रतिहिंसा पनि । त्यसकारण यो फिल्म युनिक खालको प्रस्तुति देखियो ।

दोस्रो- नेपालको प्राकृतिक सुन्दरतालाई बडो राम्रो ढंगले प्रस्तुत गरिएको छ । त्यस दृष्टिले यो हेर्न लायक बनेको छ । कलाकारहरुले आ-आफ्नो जिम्मेवारी र दृष्टिकोण राम्रोसँग प्रस्तुत गरेका छन् । मेसेजको दृष्टिकोणले म यति भन्न चाहन्छु कि मसलेदार फिल्म छ । मेसेजमा यो फिल्म अलिकति कन्ट्रोभर्सी र कन्फ्युजन हुनपनि सक्छ ।

नेपालीले बनाएको यो फिल्मले फिल्म जगतमा प्रेमगीत ३ ले नयाँ आयाम थपेको छ । यसले पक्कै पनि पर्यटन विकासमा मद्दत गर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -