Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०४:३९ बिहान
- ADVERTISEMENT -

राष्ट्रपतिको विरोधमा विद्यार्थी संगठनको प्रदर्शन

प्रकाशित मिति: २०७९ असोज ६, बिहीबार

436
Shares

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज पनि बिरोध प्रदर्शन गरेका छन्।

बिहीबार माईतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनहरुले बिरोध प्रदर्शन
गरेका हुन्।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विरोध प्रदर्शनमा सहभागी छन्। 

बिरोध प्रदर्शनमा सहभागीहरुले ‘नाम उसको विद्या, संविधानलाई सिध्या’, ‘विद्यादेवी बालकोटा जा’ लगायतका नारा लगाएर बिरोध गरेका छन्।

बिरोध कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट आएको व्यवस्थालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारानी बन्ने सपना देखेको बताए। 

बालकोटको सहयात्री बन्दै राष्ट्रपतिले संविधानलाई कुल्चिने प्रयास गरेको पराजुलीले बताए। 

त्यस्तै, (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरु भएको बताए। 

उनले राष्ट्रपतिलाई शस्तलनिवासमा बस्ने अधिकार नरहेको भन्दै शीतलनिवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिए। उनले नेकपा एमाले निर्वाचन बिरोधी शक्ति भएको आरोप लगाए।

त्यस्तै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका सभापति दुजाङ शेर्पाले राष्ट्रपतिबाट नेपालको संविधानमा दाग लगाउने काम भएको आरोप लगाए। उनले नागरिकता जस्तो संवेदनशील विषयलाई नेकपा एमालेले  चुनाव आएपछि राष्ट्रियताको नाममा राजनीति गर्न खोजेको आरोप लगाए।

संयुक्त विद्यार्थी संगठनले बिरोधको कार्यक्रमहरुमा असोज ७ गते बिहान ११ बजे सडक वहस कार्यक्रम गर्ने बताएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -