Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५८:२५ बिहान
- ADVERTISEMENT -

सभामुख र उपसभामुखको कार्यकाल कहिलेसम्म रहन्छ ?

प्रकाशित मिति: २०७९ असोज ४, मंगलबार

236
Shares

काठमाडौं ।
निर्वाचन आयोगले आइतबारबाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची मनोनयन प्रक्रिया थालेको छ ।

आयोगले मनोनयन गर्नुलाई उम्मेदवारको नाम पेस गर्नु भनेको छ । राजनीतिक दलले पनि आइतबार र सोमबार समानुपातिक बन्दसूचीमा परेकाको नाम आयोगमा दर्ता गराइसकेका छन् । आयोगमा मनोनयन हुने दिनलाई हेर्ने हो भने सभामुखको ‘पद के हुन्छ ? भन्ने प्रश्न उठेको छ । तर, संविधानविद्ले भने सभामुख अग्निप्रसाद सापकोटा उम्मेदवार मनोनयन नगरेसम्म रहने बताउँछन् ।

संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा भीमार्जुन आचार्य ‘सभामुखको पद निर्वाचनका लागि उम्मेदवार मनोनयन नगरे’सम्म रहने बताउँछन् ।

‘हाल संसद्को अधिवेशन अन्त्य भएको मात्रै हो, विघटन भएको होइन,’ उनले भने, ‘सभामुख र उपसभामुखले उम्मेदवारमा मनोनयन नगरे आउँदो ९ मंसिरसम्म कार्यकाल रहन्छ ।’ अहिले पनि संसद् सचिवालय रहेकाले उनको कार्यकाल उम्मेदवार मनोनय नगर्दासम्म रहने आचार्यको भनाइ छ । संविधानको धारा ९१ र २९६ ले पनि पदावधिबारे केही बोलेको छ । धारा ९१ को उपधारा ६ (क)मा प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिनेभन्दा अघिल्लो दिनसम्म पद रहने उल्लेख छ ।

संविधानको धारा ९१ को उपधारा ६ मा ‘देहायको कुनै अवस्थामा प्रतिनिधिसभा सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ, (क) निज प्रतिनिधिसभाको सदस्य नरहेमा, तर प्रतिनिधिसभा विघटन भएको अवस्थामा आप्mनो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आप्mनो पदमा बहाल रहनेछन्’ भनिएको छ ।

संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली सभामुख र उपसभामुख पद संसद् अधिवेशन अन्त्य हुँदैमा ‘नजाने’ बताउँछन् । उनका अनुसार संसद् विघटन नभएको अवस्थामा अहिलेको सरकार पनि कामचलाउ नभएर पूर्ण कार्यकालको हो । सर्वोच्च अदालतले ‘संसद्को कार्यकाल रहेसम्म सरकार रहने’ भनेर व्याख्या गरिसकेकाले अर्को सरकार नआउँदासम्म यही सरकार कामचलाउ नभएर पूर्ण कार्यकालको हुने उनको भनाइ छ ।
राजधानी दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -