Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
४:३७:२९ दिउँसो
- ADVERTISEMENT -

अस्पतालबाट आफै भाग्छन बिरामी

प्रकाशित मिति: २०७९ असोज ४, मंगलबार

222
Shares

काठमाडौं ।
केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ जिम्मेवारी हुनेछु ।’ त्यसमा बिरामीलाई सही गर्न लगाइयो ।

ललितपुर टीकाथली बस्ने गर्भवती नियमित परीक्षणका लागि अस्पताल जाँदा उहाँको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले तत्काल अस्पताल भर्ना हुनुपर्ने सुझाव दिएका थिए तर ती महिलाले आफू एक्लै आएको हुनाले अस्पताल भर्ना हुन नमानेपछि चिकित्सकले केही भइहाले बिरामी आफैँ जिम्मेवारी हुने गरी हस्ताक्षर गरी घर पठाइदिएका हुन् ।

चाररपाँच दिनअघि कान्तिबाल अस्पतालमा पनि अर्कै घटना भयो । निमोनिया भएपछि पर्साबाट कान्ति अस्पताल रिफर भएका बिरामी केही दिन उपचार गरेपछि बिरामीका आफन्तले बिरामीलाई भगाएर लगे । धेरै दिन भएपछि बिरामी मात्र होइन, कुरुवासमेत बिरामी हुने अवस्था आएको र बिल धेरै उठेको भन्दै उनीहरू भागेका थिए ।

कान्तिमै उपचार गर्न कैलालीबाट आएका बिरामीको उपचार हुँदै थियो । चिकित्सकले बिरामी ठीक हुन पनि सक्छ नहुन पनि सक्छ भनेपछि बिरामीका आफन्तले डिस्चार्ज मागेर बिरामी घर लगे ।

१५ दिनअघि रामेछापबाट त्रिवि शिक्षण अस्पतालमा रिफर भएका एक बिरामीलाई सुरुमा बेड पाउन मुस्किल पर्यो । बल्लबल्ल बेड पाएपछि चिकित्सकले उपचार गरे । ब्रेन हेमरेज भएका चिकित्सकले ७० वर्षको वृद्ध शल्यक्रिया गर्दा झनै जटिल हुनसक्ने बताएपछि आफन्तले थप उपचार नगरी बिरामी मरे पनि बाँचे पनि घर लैजाने भन्दै डिस्चार्ज मागेर घर लगे ।

ती बिरामीलाई शल्यक्रिया नभए पनि औषधिमार्फत थप उपचार गर्न सकिने चिकित्सकले बताएका थिए ।
गोरखापत्र दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -