मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले समानुपातिकको बन्दसूची बुझाउने क्रम चलिरहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्माले दलहरूले बन्दसूची बुझाउने क्रम चलिरहेको जानकारी दिए ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बन्द सूची बुझाउन आयोग जाँदैछन् ।
नेकपा एमालेले आइतवार नै बन्द सूचीलाई अन्तिम रूप दिएको छ । कांग्रेस र माओवादीले भने सूची तयार पार्ने काम गरिरहेका छन् ।








































