Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:४५ बिहान
- ADVERTISEMENT -

गण्डकीका मन्त्री भन्छन्ः मुख्यमन्त्रीको दौडबाट बाहिर राख्ने हो भने देउवाकै अगाडि टिकट फ्याकेर हिँड्छु

प्रकाशित मिति: २०७९ असोज २, आइतबार

765
Shares

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले प्रदेशबाट प्रत्यक्षमा टिकट पाउनुपर्ने दाबी गरेका छन् । साथै, उनले आफूलाई मुख्यमन्त्रीको आकांक्षीका रुपमा समेत प्रस्तुत गरे ।

केही दिनअघि पार्टीकाे एउटा गुटको भेलामा सम्बोधन गर्दै खड्काले यस कार्यकालमा धेरै काम गर्न बाँकी रहेको बताए । ती कामहरु सम्पन्न गर्न फेरि एकपटक प्रदेशसभामा आउन चाहेको उनको भनाइ छ ।

खड्काले भने, ‘मलाई यदि शेरबहादुर देउवाले टिकट दिन्छु । तर, मुख्यमन्त्रीको दौडबाट बाहिर हुनुपर्छ भन्छन् भने म त्यो टिकट पनि त्यही फ्याँकेर हिँड्छु । मलाई सांसद भएर जागीर खानलाई मात्रै यो टिकट चाहिँदैन ।

कांग्रेसले यसअघि समानुपातिकमा बसेकालाई अब फेरि समानुपातिकमा नदोहोर्‍याउने र राष्ट्रियसभामा पनि नलैजाने निर्णय गरेको उनले उल्लेख गरे । चुनाव खर्च धेरै लाग्ने भएको संघीय चुनाव नलड्ने पनि उनको भनाइ थियो ।

‘मेरा लागि समानुपातिकको ढोका बन्द छ । राष्ट्रियसभा र राजनीतिक नियुक्तिको ढोका पनि बन्द छ । माथिल्लो तहका निर्वाचन मेरा लागि सम्भव छैन किनकि त्यसका लागि व्यापक स्रोत र साधन चाहिन्छ, जुन मसित छैन । त्यसैले मैले कि प्रदेशसभा (ख) मा निर्वाचन लड्ने कि त्यो दिनदेखि राजनीति छोड्नेमध्ये एक विकल्प रोज्नुपर्छ । मसित धेरै अवसर छैन ।’

उनले प्रदेशसभा (ख) का अर्का आकांक्षी बिन्दु थापालाई अरु विकल्प रोजेर यस प्रदेशमा आफूलाई समर्थन गर्न आग्रह गरे ।

खड्काले थपे, ‘बिन्दुजी पहिले प्रत्यक्ष लड्नुभएका कारणले अब समानुपातिकबाट जान पनि पाउनुहुन्छ । राष्ट्रियसभा वा संघीय सांसदमा लड्ने विकल्प पनि छन् । साथै, राजनीतिक नियुक्ति पनि पाउन सक्नुहुन्छ । त्यसैले उहाँले अर्को विकल्प रोज्दा हामी दुवैको राजनीति बच्थ्यो । तपाईं प्रदेश आउँदा तपाईंको राजनीति त बच्ला, मेरो सकिन्छ । दुवैले बाँच्ने राजनीति गरौं । म पनि चाहिएको हो भने तपाईं अरु विकल्प छान्नुस् भनेर अनुरोध गरिरहेको छु ।’

नेपालप्रेसबाट साभार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -