Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:०५ बिहान
- ADVERTISEMENT -

दसैं अगावै सडक मर्मत गर्न विभागलाई मन्त्रीको निर्देशन

प्रकाशित मिति: २०७९ असोज २, आइतबार

265
Shares

काठमाडौँ — दसैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएपनि सडक मर्मत नभएको भन्दै यातायात व्यवसायीले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको ध्यानाकर्षण गराएका छन् । मन्त्रालयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सडक विभागका प्रतिनिधि लगायतको उपस्थितिमा भएको छलफलमा यथाशीघ्र सडक मर्मतको काम अघि बढाउनुपर्नेमा व्यवसायीले जोड दिएका थिए । 

सो क्रममा मन्त्री राईले चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले बिग्रिएका, खाल्डाखुल्डी परेका राजमार्ग यथाशीघ्र मर्मत गरी सहज बनाउन सडक विभागका महानिर्देशक अर्जुनजंग थापालाई निर्देशन दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेश गरेका २१ बुँदे मागहरुको विषयमा अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न विभागलाई मन्त्री राईले निर्देशन दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार सडक विभागले सडक मर्मत गर्नका लागि छुट्टै सम्पर्क व्यक्तिहरु समेत तोक्ने निर्णय भएको छ । हाल दसैंका लागि बसको टिकट बुकिङ गर्न नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला लगायत स्थानका काउन्टरमा यात्रुको भीड लाग्ने गरेको छ । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुलाउने निर्णय भदौ २२ मा गरिसकेको छ ।

दसैं नजिकिँदै गर्दा पहिरोका कारण कतिपय सडक दूरावस्थामा छन् । पानी पर्ने क्रम नरोकिएकाले सडक मर्मत गर्न समस्या भएको र ठाउँ–ठाउँमा मर्मतको काम थालनी भइसकेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । ‘सडक मर्मतको काम सुरु भइसकेको छ,’ महानिर्देशक थापाले भने, ‘पानी पर्ने क्रम नरोकिँदा समस्या भएका छन्, सम्बन्धित डिभिजन र आयोजना कार्यालयहरुले पनि मर्मतको काम थालेका छन् ।’ घटस्थापनाबाट घर जाने यात्रुको चाप बढी हुने भएकाले त्यो बेलासम्म सबै सडक मर्मत गरिसक्नु पर्ने यातायात व्यवसायीको माग छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -