काठमाडौं : दक्षिणपश्चिम चीनको कोइचउ प्रान्तमा बस पल्टिँदा २७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ। बसमा ४७ जना सवार थिए। कोइचउ प्रान्तस्थित सान्तु सोइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेको बस एक्कासि दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ।
दुर्घटनाका कारण सार्वजनिक गरिएको छैन।








































